Comments Add Comment

ब्याक टू ब्याक ४ वटा फिल्म गरिन् नीताले, खोज्दैछिन् सफलता ?

Nita Dhungana (5)
हुनत, धेरै चलचित्रमा काम गर्नु कलाकारको सफलता होइन । बक्स अफिसमा चलचित्र हिट नभएसम्म कुनै पनि कलाकारको सफलता गनिदैन । नायिका नीता ढुंगाना अहिले सफल चलचित्रको खोजीमा छिन् । गतबर्ष चलचित्र ‘फूलै फूलको मौसम तिमीलाई’ नराम्रोसँग चिप्लिएपछि नीताको करिअर पनि चिप्लिएको हो । त्यस अगाडिका बर्षमा उनको चलचित्र वा गीत हिट भएका थिए ।

‘फूलै फूलको मौसम तिमीलाई’को असफलताले नीतालाई झट्का मात्र दिएन, सोच्न पनि वाध्य बनाइदियो । चलचित्र बजारमा अन्य नायिकाको रफ्तार बढ्दै जाँदा आफ्नो रफ्तार कमजोर बनेको पिर उनलाई थियो ।

यो बर्ष अहिलेसम्म उनको कुनै पनि चलचित्र रिलिज भएको छैन । तर, नीताले ४ वटा चलचित्रमा काम गरिसकेकी छिन् । उनले नायक निखिल उप्रेतीसँग चलचित्र ‘निर्भय’मा काम गरिन् । यसपछि, रोशन श्रेष्ठको निर्देशनमा बनेको चलचित्र ‘भाग्य’मा काम गरिन्, जुन एउटा गीति चलचित्र हो ।

यसपछि, उनले राजु अधिकारीको निर्देशनमा बनेको चलचित्र ‘लेक साइड’को छायांकन सकिन् । यो चलचित्रमा उनले नायक जीवन लुइटेलको प्रेमिकाको रुपमा काम गरेकी छिन् । यो चलचित्रको छायांकन सके लगतै नीता अहिले चलचित्र ‘पञ्चायत’को छायांकनमा व्यस्त छिन् ।

यसरि, हेर्दा नीतालाई खाली बस्नु परेको छैन । तर, यी सबै चलचित्रको व्यापार उनको करिअरका लागि महत्वपूर्ण छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment