Comments Add Comment

प्रसूति गृहमा बहिरंग सेवाको समय तीन घन्टा थपियो

काठमाडौं । थापाथलीस्थित प्रसूति गृहले मंगलबारदेखि बहिरंग सेवाको समय तीन घन्टा बढाएको छ । अब विहान ९ बजेबाट सुरु हुनेछ र दिउँसो ४ बजेसम्म रहनेछ । यसअघि बहिरंग सेवाको समय १० बजेदेखि २ बजेसम्म थियो ।

Thapathali-Prasuti-Grihaसरकारको निर्णयअनुसार बहिरंग सेवालाई बेलुकी पाँच बजेसम्म बनाउँदा ढिला हुने भएकाले विहान एक घण्टा अगावैदेखि सेवा सञ्चालन सुरु गरेको अस्पतालका निर्देशक जागेश्वर गौतमले जानकारी दिए ।

उनका अनुसार बहिरंग सेवाको समय अघि सार्दा अस्पतालको कामकारवाहीमा खासै असर नपरेको उनको भनाइ छ ।

प्रसूति गृहमा सामान्यतया विहान १० बजदेखि २ बजेसम्म बहिरंग सेवा सञ्चालन हुन्छ । दिउँसो ४ बजेदेखि पेइङ सेवा सुरु हुने गर्दछ ।

वहिरंग सेवा अन्तर्गतमात्र प्रसूति गृहमा दैनिक पाँच सय भन्दा बढीको भीड लाग्ने गरेको छ ।

प्रधानमन्त्री प्रचण्डले देशबासीलाई सम्बोधन गर्दै सम्पूर्ण सरकारी अस्पतालहरुमा विहान १० बजेदेखि दिउँसो २ बजेसम्म सञ्चालन हुँदै आएको बहिरंग सेवालाई बेलुकी ५ बजेसम्म बनाउन निर्देशन दिएका थिए ।

लगत्तै स्वास्थ्य मन्त्रालयले हालैमात्र आफू मातहतका अस्पताल, स्वास्थ्य सेवा विभाग, क्षेत्रिय निर्देशनालय लगायतका निकायलाई परिपत्र गरी सेवा विस्तार गर्न निर्देशन दिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment