Comments Add Comment

कांग्रेस नेता घिमिरेले अष्ट्रेलिया पुगेर भने, संघीयता र धर्मनिरपेक्षता हुनुहुँदैन

सिड्नी । नेपाल अष्ट्रेलियन डेमोक्र्याटिक फोरम (एनएडिएफ)ले सिड्नीमा नेपालमा एक बर्षअघि जारी भएको संविधान कार्यन्वयनमा देखिएका जटिलताबारे अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।

NADFनेपाली कांग्रेसका पूर्व सचेतक तथा जलस्रोत बिज्ञ लक्ष्मण घिमिरे र पर्वतका कांग्रेसका नेता नवराज गुरुङको उपस्तिथिमा आयोजित कार्यक्रममा संविधान कार्यान्वयनमा देखिएका जटिलताका बिषयमा बक्ताहरुले आ-आफ्ना धारणा राखेका थिए ।

अठार बर्षअघि सिड्नीमा नेपाली कांग्रेस सम्बद्धहरुले खोलेको यो संगठनको पुरानो कार्यसमितिले आˆनो पद हस्तान्तरण कार्यक्रममा एनएडीएफले मुलुकको संविधानसँग जोडेर अन्तरक्रिया गरेको हो ।

कार्यक्रममा प्रमुखअतिथिको आसनवाट बोल्दै नेता लक्ष्मण घिमिरेले भने, ‘२०६२/६३ को जनआन्दोलनले संघीयता र धर्मनिरपेक्षता को माग गरेको थिएन । यी दुवै कुरा पछि नेपाली जनतामा थोपारिएको कुरा बताए ।

उनले अगाडि भने, ‘संविधानसभाले जारी गरेको संविधान प्रस्तावना देखि लिएर धेरै धाराहरू आफैंमा विरोधाभाषपूर्ण छन् । समानुपातिकको चक्करले भविष्यमा कुनै पनि एउटा पार्टीको बहुमत आउन सक्दैन र संधैभरी राजनीतिक अस्थिरता रहिरहनेछ ।’

अहिले गाउँपालिका र नगरपालिकाको संख्यात्मक र सीमानको विवाद त यो प्रारम्भ मात्र हो । २०७४ साल माघ ७ गते भित्र स्थानीय तह, प्रान्त र केन्ऽीय तहका चुनावहरू सम्पन्न गरिसक्न असंभव नै देखिन्छ’ उनले थपे ।

अर्का नेता नवराज गुरुङले बीपीको समाजवादी चिन्तनवाट प्रभावित भएर आफु नेपाली कांग्रेसमा प्रवेश गरेको बताउदै भने, ‘जातियताको राप अलापेर मुलुकलाई बिखन्डनतिर लान खोज्नेहरुसँग सावधान हुनुपर्दछ । हो जातीय, क्षेत्रीय र लैंगिक समानता र अधिकारमा राज्य गम्भीर हुनुपर्छ तर जवानीमा गोर्खा पल्टनमा बन्दुक बोक्न जाने अनि स्वदेश फर्केर जातीय राज्य चाहियो भन्नेहरुसँग मेरो सहमति छैन ।’

कार्यक्रममा एनआरएन अस्ट्रेलियाका अध्यक्ष सुरेन्ऽ सिग्देलले एउटा सिंगो इतिहास बोकेको संस्थाका रुपमा एनएडीएफले बनाएको पहिचानलाई नया कार्यसमितिले थप प्रभावकारी बनाउने बिश्वास ब्यक्त गरे ।

कार्यक्रममा एनएडीएफका पूर्व अध्यक्ष बालचन्द्र भट्टराइले नवनिर्वाचित अध्यक्ष बिवेश थापालाई माइन्युट पुस्तिका हस्तानतरण गर्दै कार्यभार सुम्पेका थिए ।

बीवेक थापा अध्यक्ष चुनिएको नयाँ कार्यसमितिको उपाध्यक्षमा पूर्णनाथ घिमिरे र सुरेन्द्र सापकोटा तथा महासचिबमा माधब गैरै र सचिबमा थानु शाक्य तथा कोषाध्यक्षमा सत्यप्रकाश कँडेल निर्विरोध बिजयी भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment