Comments Add Comment

दरबारमार्गको ब्रान्डेड सेल अफरले तानेन ग्राहक

SALE SHOPPING (6)
११ असोज, काठमाडौं । अघिल्ला वर्षमा दसैँको सुरुवातसँगै दरबारमार्गको ब्रान्डेड सेल अफर निकै भीडका कारण बाटो छिचोल्नसमेत नसकिने दरबारमार्ग यतिबेला सुनसान जस्तै बनेको छ ।

दसैँ सुरु हुन १० दिन बाँकी रहँदा पनि दरबारमार्गका ब्रान्डेड सेल बजारमा कुनै चहलपहल देखिएको छैन ।

‘फाटफुटमात्र ग्राहक आउने गरेका छन्’ रिबुक शो-रुममा दिलिप केशले भने, ‘बजार सुस्त छ, विगतका वर्षहरुमा भन्दा यसपटक सेलमा सामान पनि कम छ ।’

SALE SHOPPING (11)
दरबारमार्गमा एडिडास, रिबुक, लि, लिभाइस, आन्टा, नाइक, वेनिल्ट लगायत अधिकांश ब्रान्डेड सामानको शो रुम छ । यी शोरुमहरु मध्ये बेनिल्टको जुत्ता चप्पल शोरुममा भने कही ग्राहकको भीड देखिएको छ ।

शो-रुमका सञ्चालक चन्द्रमाला शर्माका अनुसार यसवर्ष देखिएको भीड विगतका वर्षहरुमा भन्दा कम हो ।

‘ब्रान्डेड कपडा खरिदको लागि केही वर्षदेखि सेल अफर नै कुरेर बस्ने गरेको छु’, रिबुक शो-रुमा कपडा छान्दै गरेका नारायण दासले भने, ‘बाहिर बजारमा सस्तोमा कडा किन्नुभन्दा ब्रान्डेड समानले लगाउने सेल मेलामा उपयुक्त र गुणस्तरीय छ ।’

SALE SHOPPING (10)
यसैगरी आन्टामा कपडा चान्दै गरेका विष्णु धिताल भन्दै थिए, सेलमा सस्तो, गुणस्तरीय र विश्वासकै आधारमा सेल लागेको बेला ब्रान्डेड कपडा किन्न दरबार मार्ग आउने गरेको छु ।’

कुन ब्रान्डमा कति छुट ?

दशैंमा सपिङ गर्ने सोचमा हुनुहुन्छ भने दरबारमार्गमा ब्रान्डेड कपडा तथा जुत्ता शोरुमले विगतका वर्षहरुमै जस्तै यसपटक पनि सेल अफर गरेका छन् ।

सेल बजारमा शोरुमहरुले गर्मी सकिएसँगै स्टक क्लिरेन्सर ब्यापार बढाउनका सेल लगाएका छन् ।

SALE SHOPPING (8)
सेलबजारमा रिबुक र लि शो-रुमले ४० हजार रुपैयाँ भन्दा बढीको सामान खरिद गर्दा ४० प्रतिशत र त्यो भन्दा कम खरिदमा २५ प्रतिशतसम्म छुट अफर दिइरहेका छन् ।

यसैगरी एडिडास शो-रुमले भने दरबारमार्ग सेल बजार सञ्चालन गरेको छैन्न । सेल बजार सञ्चालनमा नरहेपनि १० प्रतिशतसम्म छुट दिइरहेको छ । एडिडासकै पुतलिसडकको शो-रुमबाट भने स्टक क्लियरेन्सकै लागि ५० प्रतिशत सम्म छुटमा सेल बजार सञ्चालन गरिरहेको छ ।

दरबारमार्गमा रहेको लिभाइसको शो-रुमले भने स्टक क्लिरेन्स गर्न पर्ने पुराना कपडामा ५० प्रतिशतसम्म छुट र नयाँ समानमा भने १० प्रतिशत छुट सहित सेल बजार सञ्चालन गरेको निकेश महर्जनले जानकारी दिए ।
SALE SHOPPING (7)
यसैगरी नाइक शो-रुमले पनि १० देखि ४० प्रतिशतसम्म छुटमा स्टक समान क्लिरेन्स गर्न सेल अफर योजना ल्याएको छ ।

‘सेलमा पछिल्लो मध्यबर्गीय ग्राहकको पनि उपस्थिति छ, ग्राहकका विस्तारै जनचेतना पनि बढ्दो छ’ शो-रुमका मार्केटिङ प्रमुख धिरज पोखरेले भने, ‘तर अझैपनि कतिपय ग्राहकमा भने पुराना र म्याद गुजरेको सामान सेलमा बेच्ने गर्छन भने भावना अन्त्य भइसकेको छैनन् ।’

SALE SHOPPING (4)
यस्तैगरी आन्टाले दुई किन्दा एक वटा फ्री दिने गरी सेल अफर सञ्चालन गरेको छ । बेनिल्टले भने विगत वर्षहरुमै जस्तो गरी यसपटक पनि सबै प्रकारको जुत्ता चप्पलमा ५० प्रतिशतसम्म छुट दिँदै सेल बजार सञ्चालन गरेको छ ।

SALE SHOPPING (12)

SALE SHOPPING (2)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment