Comments Add Comment

तरुण दलका जिल्ला नेतासहित ४ पक्राउ

११ असोज, पर्वत । जिल्ला प्रहरी कार्यालय पर्वतले तरुण दलका जिल्ला नेता राजेन्द्र हमालसहित चारजनालाई पक्राउ गरी जिल्ला अदालतमा बुझाएको छ ।

arrested
फाइल तस्वीर

विभिन्न मुद्दामा दोषी ठहर गरी अदालतले फैसला सुनाएका तर फरार अभियुक्तहरुलाई पक्राउ गरी अदालतमा बुझाइएको हो ।

देउपुर ९ का राजेन्द्र हमालसहित, बाजुङ १ का भरतबहादुर पौडेल, तिलाहार ६ का अनिल किसान र क्याङका मिलन पुन जिसीलाई अदालतमा बुझाइएको प्रनाउ शेखर खनालले जानकारी दिए ।

उनका अनुसार अन्य फरार अभियुक्तहरुको समेत खोजी कार्य जारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment