Comments Add Comment

मधेसी मोर्चाको दबावमा नझुक्न प्रधानमन्त्रीलाई सुझाव

चुरे भावरले बुझायो ८ बुँदे ज्ञापनपत्र

Prachand-Churevabar

११ असोज, काठमाडौं । चुरेभावर राष्ट्रिय एकता पार्टी नेपालले प्रधानमन्त्री प्रचण्डलाई आठ बुँदे ज्ञापनपत्र बुझाउँदै राष्ट्र र राष्ट्रियताको अहित हुने कुनै पनि निर्णय नगर्न चेतावनी दिएको छ ।

चुरेभावर पार्टीका अध्यक्ष बद्रीप्रसाद न्यौपाने नेतृत्वमा मंगलबार सिंहदरवार पुगेको टोलीले महाभारत पहाडको दक्षिण -पानीढलो)देखि चारकोशे झाडीको सम्पूर्ण खण्डलाई चुरेभावर प्रदेश घोषणा गर्न र मधेसी मोर्चाको दबावमा तराई मधेसलाई दुई प्रदेश बनाउने निर्णय नगर्न माग गरेको छ ।

यसैगरी नेपाललाई बहुराष्ट्रिय राज्यमा परिभाषित नगर्न, हिन्दी भाषालाई कामकाजी भाषा नबनाउन, अंगीकृत नागरिकता लिएका नागरिकलाई गाविस अध्यक्षदेखि केन्द्रसम्मका कुनै पनि कार्यकारी र संवैधानिक एवम् उच्च पदमा निर्वाचित तथा मनोनीत गर्ने व्यवस्था नराख्न पनि चुरेभावरले माग गरेको छ ।

चुरेभावर पार्टीको ज्ञापन पत्र बुझेपछि प्रधानमन्त्री प्रचण्डले आफू मुलुक, राष्ट्रियता र राष्ट्रियहित विपरित कदापि नजाने भन्दै बाहिरी हल्लाको आधारमा धारणा नबनाउन भनेको अध्यक्ष न्यौपानेले जानकारी दिए ।

उपाध्यक्ष हरिप्रसाद कँडेल, उपाध्यक्ष कर्मा पोते, सचिव उमेश पराजुली, कोषाध्यक्ष विदुर घिमिरे, सहकोषाध्यक्ष सम्झना श्रेष्ठ, केन्द्रीय सदस्य कृष्ण सिटौला, हरि नारायण कँडेललगायतको टोली प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउन सिंहदरबार पुगेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment