Comments Add Comment

गजल: छोरीको औंला रोएको छ

Babu-Tripathiप्रसूति वार्डमा बच्चा रोएको छ

सुत्केरी आमाको आँखा रोएको छ ।

 

फेरि यो धर्तीमा जन्मिनै नपरोस्

यसो भनीभनी मुर्दा रोएको छ ।

 

त्यो आकाश, बाँझो जमिन देखेर

आधा हाँसेको छ आधा रोएको छ ।

 

काँडाले आज फेरि घोच्यो भन्दै-

मेरी सानी छोरीको औंला रोएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment