Comments Add Comment

कैलाली-कञ्चनपुर थारुवान प्रदेशमै राख्नुपर्छः मन्त्री चौधरी

११ असोज, काठमाडौं । कृषिमन्त्री गौरीशंकर चौधरीले प्रदेशहरुको सीमांकन हेरफेर गर्दा कैलाली र कञ्चनपुरलाई थारुवान प्रदेशमै राख्नुपर्ने जिकिर गरेका छन् ।

Gauri-shankarमंगलबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा मन्त्री चौधरीले प्रदेशको सीमांकनमा विवाद भएपनि सहमतिबाटै टुंगो लगाउन सकिने बताए । कैलाली-कञ्चनपुर थारुवान प्रदेशमै हुनुपर्ने भन्दै उनले भने, ‘अखण्ड सुदूरपश्चिमको पक्षमा म छैन ।’

माओवादी नेता समेत रहेका मन्त्री चौधरीले संविधान संशोधनबारे शीर्ष तहमा छलफल भइरहेको बताए । उनले भने, ‘मलाई लाग्छ, संशोधनबारे चाँडै एउटा निश्कर्षमा पुग्छ ।’

‘किसानलाई पेन्सन दिने तयारी’

किसानलाई पेन्सन दिने तयारी सरकारले गरिरहेको कृषिमन्त्री चौधरीले जनाए । उनले भने, ‘जन्मदेखि मृत्यु नहुन्जेलसम्म किसान पेशा गर्नेलाई केही दिनुपर्छ, त्यसको लागि सरकारले तयारी गरिरहेको छ, अब छिट्टै यसबारेमा निर्णय हुन्छ ।’

किसानको वर्गिकरणको लागि पनि गृहकार्य भइरहेको उनले बताए । उनका अनुसार पाँच लाखसम्म आयआम्दानी गर्ने किसानलाई एउटा वर्गमा, पाँचदेखि १० लाखसम्म आम्दानी गर्नेलाई अर्को वर्गमा, १०-२५ लाखसम्म आम्दानी गर्नेलाई एउटा वर्गमा, २५ देखि ५० लाखसम्म एउटा वर्गमा र त्यो भन्दापनि बढी कारोवार गर्नेलाई उद्योगव्यवसायीको रुपमा वर्गिकरण गर्ने तयारी रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment