Comments Add Comment

मध्यपश्चिम विश्वविद्यालयका उपप्राध्यापक देवकोटाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

११ असोज, सुर्खेत । मध्यपश्चिमाञ्चल विश्वविद्यालय वीरेन्द्रनगर सुर्खेतका उपप्राध्यापक पदमा कार्यरत सुनिल देवकोटाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

Mid_Western_Universityदेवकोटाले नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी नियुक्ति लिएको पाइएकाले मंगलबार विशेष अदालतमा मुद्दा दायर गरेको अख्तियारले जनाएको छ ।

देवकोटाले चौधरी चरणसिंह विश्वविद्यालय मेरठ भारतबाट बीबीए उत्तिर्ण गरेको झुठ्ठा शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरेको अख्तियारको ठहर छ ।

उनीविरुद्ध भ्रष्टाचार निवारण ऐन २०५९ को दफा १६ को उपदफा (१) बमोजिम सजाय हुन मागदाबी गरिएको अख्तियारले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment