Comments Add Comment

मिलनको स्लिम बन्नुको कारण यस्तो रहेछ, ‘लठ्ठै बनायो’ भनेर यसरी नाचिन्

milan amatya video
गायिका मिलन आमात्यको स्वरको फ्यान त धेरै छन् । देशदेखि विदेशसम्म आयोजना हुने सांकृतिक कार्यक्रममा मिलनले आफ्नो स्वरको जादु पस्किसकेकी छिन् । अब, उनै मिलनलाई नृत्य गर्दै गरेको अवस्थामा दर्शकले देख्नेछन् ।

केही समय अगाडिदेखि मिलनले आफ्नो शरीरको वजन घटाइरहेकी थिइन् । शरीरको वजन घटाएर स्लिम बन्न गायिकालाई किन आवश्यकता पर्‍यो भन्ने चर्चा पनि चलेको थियो । मिलनले अब एक भिडियोमा आफै मोडलिङ गरेर स्लिम बन्नुको कारण प्रष्ट पारेकी छिन् ।

‘मन’ एल्बममा समावेश ‘लठ्ठै बनायो’ बोलको गीतमा मिलनले मोडल पुष्प खड्कासँग मोडलिङ गरेकी छिन् । गीतमा मिलन निकै स्लिम र आकर्षक फिगरका साथ देखिएकी छिन् ।

हरि लम्सालको संगीत रहेको गीतमा दीलिप पियाको शब्द छ । यो भिडियोलाई निकेश खड्काले निर्देशन गरेका हुन् । भिडियोमा मिलनले नृत्य गरेकी छिन् भने मोडल पुष्पसँग रोमान्टिक दृश्य दिएकी छिन् । दर्शक, फिल्मीकर्मीदेखि सांगीतिक क्षेत्रका मानिसका लागि मिलनको यो अवतार नौलो हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment