Comments Add Comment

तीर्थयात्रामा भारत गएका दुई नेपालीको झाडापखालाबाट मृत्यु

११ असोज, काठमाडौं । तीर्थयात्रामा भारत गएका दुई नेपाली महिलाको झाडापखालाका कारण मृत्यु भएको छ ।

DeadbodyofWoman
फाइल तस्वीर

कोलकत्ताबाट छुटेको बस उडिसाको पुरी जिल्लाको बस मालतिपथपुर पुगेको थियो । बसमा रहेका दुई नेपाली महिला यात्रुको मृत्यु भएको छ । मृत्यु हुनेमा बाँकेकी ८५ वर्षीया कोइली पासी र कुरा मुराओ रहेको न्यूइण्डियन एक्सप्रेसले जनाएको छ ।

समाचारमा जनाइए अनुसार उनीहरु भारतको उत्तर र उत्तरपूर्वी राज्यहरुमा तीर्थयात्रामा गएका थिए । टुर अपरेटरका अनुसार उनीहरुलाई पश्चिम बंगालमा हुँदा नै स्थानीय अस्पतालमा लगिएको छ । र, पुरी हिड्नु अघि उनीहरुको स्वास्थ्य स्थिर थियो ।

तर, मालतिपथपुर पुग्दा बसमै मृत भेटिएका छन् । अरु सात जनालाई पनि झाडापखाला लागेको छ । उनीहरुलाई स्थानीय अस्पतालमा भर्ना गरिएको समाचारमा जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment