Comments Add Comment

पहाडी जिल्लामा अप्टिकल फाइबर विस्तारको लागि बुधबार सम्झौता

optical fiber
११ असोज, काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरण र नेपाल टेलिकम बीच बुधबार पाँचथरको चिवाभञ्ज्याङदेखि गोरखा आरुघाटसम्मको पहाडी जिल्लामा अप्टिकल फाइबर विस्तार सम्झौता हुने भएको छ ।

सम्झौता भएसँगै मध्यपहाडी जिल्लाको करिब २४ सय किलोमिटर दुरीमा नेपाल टेलिकमले दुई वर्षभित्र अप्टिकल फाइबर विछ्ाउने छ ।

प्राधिकरणका प्रवक्ता मिनप्रसाद अर्यालका अनुसार ग्रामिण दूरसञ्चार कोषमार्फत देशका पहाडी जिल्लामा अप्टिकल फाइबर र्पुयाउने योजनाअन्तर्गत पहिलो चरणमा टेलिकमसँग सम्झौता गर्न लागेको हो ।

प्राधिकरणले प्रदेश नम्बर १, २ र ३ अन्तर्गतका जिज्ला सदरमुकामसँग कनेक्टिभिटी जोड्ने गरी भोली एक कार्यक्रम गरी नेपाल टेलिकमसँग सम्झौता हुन लागेको उनले अनलाइनखवरसँग बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment