Comments Add Comment

प्रेमध्वजको स्वरमा ‘ती आँखामा को छ’

prem dhoj pradhan new song

उमेरको हिसाबले आठ दशक पार गरिसकेका गायक प्रेमध्वज प्रधानको स्वरमा समावेश ‘ती आँखामा को छ’ गीत सार्वजनिक गरिएको छ । अहिलेका पुस्तासँग गीत गाउन पाउँदा खुसी लागेको गायक प्रधानले बताए । सरल र मिठास गीत पाएमा आउँदो दिनमा पनि गीत रेकर्ड गराउने योजना उनको छ । यो गीतलाई डब्बु क्षेत्रीले रचना गरेका हुन् ।

प्रेमध्वज प्रधान र केन्जुमा सुब्बाको स्वर यो गीतमा समावेश छ भने जुगल डंगोलले गीतमा संगीत दिएका छन् । गीतको भिडियो पनि सोही कार्यक्रममा सार्वजनिक गरियो ।

मोहनराज अधिकारीले निर्देशन गरेको भिडियोमा विकाश लामिछाने र बिनिता ओलीले मोडलिङ गरेका छन् । अमृत सुनुवारको छायांकन रहेको यो गीतको भिडियोलाई माधव वेलवासेले सम्पादन गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment