Comments Add Comment

सीमामा अपराधिक गतिविधि नियन्त्रण गर्न सर्वपक्षीय प्रतिबद्धता

११ असोज, झापा । सीमा क्षेत्रका हुन सक्ने सम्भावित आपराधिक क्रियाकलाप र विकृति नियन्त्रणका लागि पहल गर्न जिल्लामा क्रियाशील सबै राजनीतिक दल, संघ संस्थाले साझा प्रतिबद्धता व्यक्त गरेका छन् ।

Jhapa-Map-finalनजिकिँदै गरेको विभिन्न चाडपर्वलाई मध्यनजर गर्दै इलाका प्रहरी कार्यालय काँकरभिट्टाले आयोजना गरेको सर्वपक्षीय छलफलमा सहभागी स्थानीय राजनीतिक दल तथा विभिन्न संघ संस्थाका प्रमुख प्रतिनिधिहरुले सीमामा आपराधिकका साथै बिकृति नियन्त्रण गर्ने प्रतिबद्धता जनाएका हुन् ।

काँकरभिट्टा प्रहरी प्रमुख दुर्गाराज रेग्मीको अध्यक्षतामा विजया दशमी, दिपावली, छठ लगायतका पर्वमा हुन सक्ने बिभिन्न आपराधिक गतिविधिलाई ध्यानमा राखेर प्रहरी परिसरमा छलफल आयोजना गरिएको थियो ।

छलफलका वक्ताहरुले देशकै एक प्रमुख अन्तर्राष्ट्रिय नाका मेचीबाट नेपाल प्रवेश गर्ने आगन्तुकहरुले चाडपर्वका बेला भोग्दै आएका सास्ती निर्मूल पार्ने, बजार अनुगमनलाई तीव्रता दिने, शान्ति सुरक्षा मजबुत बनाउने, यातायात क्षेत्रमा हुन सक्ने यात्रु तानातानका घटना नियन्त्रण गर्ने, होटलमा विकृतिजन्य घटना हुन नदिने, जुवातास जस्ता निषेधित खेललाई बन्देज लगाउने लगायतका विविध विषयमा आवश्यक पहल गर्ने र त्यसका लागि प्रशासन समेत गम्भीर बन्नुपर्ने विचार राखे ।

त्यस्तै, काँकरभिट्टा प्रहरी कार्यालयका डिएसपी दुर्गाराज रेग्मीले शान्ति सुरक्षालाई प्रभावकारी बनाउँदै कानून विपरितका घटना नियन्त्रण गर्न प्रशासनले कुनै कसर बाँकी नराख्ने र त्यसका लागि सर्वपक्षीय सहयोगको आवश्यकता पर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment