Comments Add Comment

एमाले चुनाव केन्द्रीत हुने, सात प्रदेशका ८ शहरमा जनसभा गर्ने निर्णय

UML press meet

११ असोज, काठमाडाैं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आगामी चुनावलाई केन्द्रीत गर्दै चार महिने जनपरिचालन अभियान सञ्चालन गर्ने भएको छ । यसलाई उसले संविधान कार्यान्वयनका लागि दबावमुलक अभियान भनेको छ ।

एमालेले कात्तिकदेखि माघसम्म चल्ने अभियानको अन्त्यमा सात प्रदेशमा जनसभा समेत गर्ने भएको छ । प्रदेश नम्बर १ को बिराटनगर, २ को जनकपुर, ३ को काठमाडौं, ४ को पोखरा, ५ को बुटबल र नेपालगञ्ज, ६ को सुर्खेत र प्रदेश नम्बर ७ का धनगढीमा जनसभा गर्ने एमालेले बताएको छ ।

जिल्ला सदरमुकाम तथा मुख्य शहरहरुमा पनि सभा गर्ने एमालेको निर्णय छ । अभियानका क्रममा एमालेले तराई मधेसलाई केन्द्रीत गरेर कार्यक्रमहरु पनि अघि सारेको छ, जहाँ पार्टी अध्यक्षसहित शीर्ष नेताहरु नै सहभागी हुनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment