Comments Add Comment

इपीएल क्रिकेटमा कलर्स र जगदम्बाको जित

११ असोज, काठमाडौं । काठमाडौंमा जारी एभरेष्ट प्रिमियर लिग क्रिकेट इपीएलमा कलर्स एक्स फ्याक्टर्स र जगदम्बा राहिनोजले आ-आफ्नो खेलमा जित हासिल गरेका छन् ।

Everest-Premier-League.कीर्तिपुर मैदानमा आज भएको खेलमा सगरमाथा लेजेण्डलाई ९ रनले पराजित गर्दै कलर्सले प्रतियोगितामा पहिलो जित निकालेको हो ।

कलर्सले दिएको १ सय ६९ रनको लक्ष्य पच्छाएको सगरमाथा निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ५९ रनमा समेटियो । सगरमाथाका लागि कप्तान बिनोद भण्डारीले ४८ र सुनिल धमलाले ४६ रन बनाए । कलर्सका लागि अविनास कर्णले २ विकेट लिए ।

यसअघि टस हारेर व्याटिङको निम्तो पाएको कलर्सले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ६८ रन बनाएको थियो । उसका लागि राजेश पुलामीले ५६ तथा कप्तान ज्ञानेन्ऽ कार्कीले ५२ रन जोडे । सगरमाथाको लागि महेबुब आलम र बिक्रम शोबले समान दुई दुई विकेट लिए ।

आजै भएको अर्को खेलमा कान्तिपुर गोर्खाजलाई ११ रनले पराजित गर्दै जगदम्बा राहिनोजले पहिलो जित निकालेको छ । पहिले व्याटिङ गरेको जगदम्बाले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय २४ रन बनायो । जगदम्बाका लागि सोमपाल कामीले ४४ रन बनाए । कान्तिपूरका लागि बालिङतर्फ बसन्त रेग्मीले ३ विकेट लिए ।

जवाफमा १ सय २५ रनको लक्ष्य पच्छाएको कान्तिपुर गोर्खाज ८ विकेट गुमाउदै १ सय १३ रनमा समेटियो । उसका लागि सन्दीप जोहरले ४२ र अनिल शाहाले २८ रन बनाएपनि हार टार्न सकेनन् । जगदम्बाका शक्ति गौचन, पवन शरफ र प्रेम तामाङले २-२ विकेट लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment