Comments Add Comment

के यहीँ नै हो त दुनियाको सबैभन्दा ठूलो सर्प ?

nag

ब्राजिलमा निर्माणको काम गर्ने मजदुरहरु तब आश्चर्यमा परे जब उनीहरुले एक्कासी कार्यस्थलमै ३३ फिट लामो एनाकोन्डा सर्प भेटे । ब्राजिलको पारास्थित बेलो मोन्टे ड्याम निर्माणस्थलमा खटिका मजदुरहरुले निर्माणस्थलमै झण्डै ४ सय किलो तौलको एनाकोन्डा सर्प फेला पारेका हुन् ।

उक्त सर्प यति भयानक थियो की त्यसलाई उठाउन क्रेन नै बोलाउनुपर्यो । यसलाई विश्वको सबैभन्दा ठूलो एनाकोन्डा सर्पको रुपमा लिइएको छ ।

बाँध निर्माणस्थलमा काम चलिरहेको बेला सुरुंगबाट यो विशालकाय सर्प निस्किएको हो । सर्पको भयानक तस्वीरहरु सोसल साइटमा पनि पोष्ट भएका छन् । मानिसहरुले उक्त सर्पलाई मारिएकोमा नकारात्मक प्रतिक्रिया पनि जनाएका छन् । तथापि उक्त सर्पलाई मारिएको हो की होइन भन्ने कुरा प्रष्ट हुन सकेको छैन ।

कतिपयले भने यो सर्पको फोटा तथा यसको कहानी नै झुटो रहेको आशंका गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment