Comments Add Comment

अब चश्माले गर्नेछ भिडियो रेकर्डिङ

chasmaमेसेजिंग एप स्न्याप च्याटले आफ्नो पहिलो ग्याजेटको रुपमा क्यामरायुक्त चश्मा पेश गरेको छ । कम्पनीले यसको नाम स्पेक्टेकल्स राखेको छ । यो चश्मालाई यहीँ वर्षको अन्त्यसम्ममा बजारमा उतार्ने लक्ष्य उसको छ ।

यो चश्माको मूल्य १३० अमेरिकी डलर तोकिएको छ । यो चश्मा यस अर्थमा विशेष छ की यसले भिडियो रेकर्ड गर्न सक्दछ । एकपटकमा यसले ३० सेकेण्डसम्मको भिडियो रेकर्ड गर्न सक्दछ ।

कम्पनीका अनुसार अब स्न्यापच्याटको नाम पनि परिवर्तन हुनेछ । अब स्न्यापच्याट कम्पनीको नाम परिवर्तन गरी स्न्याप इंक बनाइँदैछ ।

स्न्यापच्याटका संस्थापक मध्येका एक तथा कम्पनीका सिइओ २६ वर्षीय इवान स्पीगलले भिडियो रेकर्ड गर्ने चश्मा बनाउने आइडिया कसरी फुर्यो भनी व्याख्या गरेका छन् ।

उनी भन्छन् ः यो हाम्रो पहिलो छुट्टी थियो । हामी क्यालिफोर्नियाको स्टेट पार्कमा गएका थियौँ । त्यहाँ जंगलमा घुमिरहेका थियौँ र निकै सुन्दर रुखहरु हेर्दै अघि बढिरहेका थियौँ । जब हामी घुमेर घर फर्कियौँ र त्यहाँका भिडियोहरु हेर्न थाल्यौँ तब हामीलाई विश्वास नै लागेन की त्यस्तो अनुपम सुन्दर दश्य हाम्रै आँखाले देखेको हो । त्यो सबै अविश्वसनीय थियो ।

स्न्यापटेकल्सलाई हेर्दा गुगल ग्लासको झल्को आउनु स्वभाविकै हो । गुगलले पनि स्मार्ट चश्मा बनाएको छ तर त्यो खासै लोकपि्रय हुन सकेन ।

ज्ब गुगलको स्मार्ट चश्मा उपभोक्तासम्म पुग्यो,त्यसको मूल्य झण्डै १५ सय अमेरिकी डलर थियो । सायद महंगो हुनाले नै यो उपभोक्ताको रोजाइमा परेन र त्यसै कारण गुगलले यसको उत्पादन बन्द गर्यो । यद्यपि भिडियो रेकर्ड गर्नेवाला क्यामराको आइडियो पूर्णरुपमा सकिएको भने छैन ।

कतिपयले गुगलको स्मार्ट चश्माको आलोचना गर्दै यसले मानिसहरुको गोपनियतामा खलल पूराउन सक्ने आशंका गरे । कतिपयले भने स्मार्ट चश्मालाई निकै अद्भुत तथा उपयोगी ग्याजेट ठहराए ।

गुगलको चश्माभन्दा निकै सस्तो भएकै कारण स्न्यापच्याटको यो भिडियो रेकर्डवाला चश्मालाई मानिसहरुले मन पराउने विश्वास गरिएको छ ।

यसका उत्पादक स्पीगलले वालस्टि्रट जर्नललाई बताए अनुसार उनीहरु कुनैपनि प्रकारको हतारोमा छैनन् । मानिसहरु यो चश्मालाई कुन प्रकारले आफ्नो जिन्दगीको हिस्सा बनाउँदछन् र कुन प्रकारले मन पराउँछन् भन्ने कुरा हेर्न चाहन्छन् उनी ।

स्मरण रहोस् सन् २०११ मा सुरु गरिएको इन्स्ट्यान्ट मेसेजिंग तथा फोटो र भिडियो शेयरिंग एपको रुपमा रहेको स्न्यापच्याट अहिले युवाहरुबीच निकै लोकपि्रय छ । यसका १५ करोड दैनिक प्रयोगकर्ता छन् जुन टि्वटरको भन्दा डेढ करोड बढि हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment