Comments Add Comment

जिउ तन्काउने व्यायामले हृदयरोगको खतरा कम

women-hard-workoutदिनमा केवल २० मिनेटका लागि हात तथा खुट्टा तन्काउने व्यायाम -स्ट्रेचिंग एक्सरसाइज) गरेमात्रै पनि मुटुको स्वास्थ्यमा उल्लेखनीय सुधार आउने एक अध्ययनले देखाएको छ ।

जिउ तन्काउने व्यायामको कारण हातखुट्टाका मांशपेशीमा पर्याप्त लचकता आउने र यसले हृदयरोगको सम्भावना कम हुने शोधकर्ताहरुको भनाई छ ।

भारतीय शोधकर्ता डाक्टर रजनीश कपूरका अनुसार कोलेस्ट्रोलको स्तर न्यूनिकरणका लागि स्ट्रेचिंग व्यायामको प्रभाव तथा मुटको दरको विश्लेषण गर्नका लागि एक अध्ययन गरिएको थियो । घोडाको दुखाईबाट पीडित तथा हिँडडुल गर्न असमर्थ २२ जना मानिसहरुमा यस्तो अध्ययन गरिएको थियो ।

शोधबाट प्राप्त नतिजाबारे वर्णन गर्दै डाक्टर कपूर भन्छन्ः स्ट्रेचिंगका बेला हाम्रो सरीरले उल्लेखनीय कार्य गरेको हुन्छ । ठीक सोही प्रकारले व्यायाम गर्नाले स्वास्थ्यको दृष्टिले मुटु तथा नशासम्बन्धी लाभ मिल्दछ ।

झण्डै एक महिनासम्म सहभागीहरुलाई सामान्य स्ट्रेचिंग व्यायाम गर्न लगाएर उनीहरुको परीक्षण गर्दा ट्राइग्लिसेराइडमा औषत २० प्रतिशत, एलडीएलमा १२ प्रतिशत कमी आएको पाइयो । त्यस्तै मुटुको गति ८४ बाट घटेर ७० मा आयो अर्थात् १७ प्रतिशतले सुधार आएको पाइयो ।

शोधकर्ताका अनुसार दैनिक २० मिनेटको स्ट्रेचिंग व्यायामबाट हुने फाइदाको मात्रा हल्का एरोबिक व्यायामबाट प्राप्त हुने फाइदा समान हुन्छ । यो निकै सरल तथा सबै खाले व्यक्तिहरुलाई समेत सजिलो र अनुकुल पनि हुन्छ ।

आमरुपमा कामकाजी मानिसहरु खानपान तथा जिवनशैलीको बदलावका कारण हृदयरोगका सिकार हुन्छन् । यस्तोमा स्ट्रेचिंग व्यायाम जहाँपनि र जुनसुकै अवस्थामा पनि गर्न सकिन्छ । यसको लागि सबैभन्दा महत्वपूर्ण कार्य भनेकै जिउका भागहरु तन्काउनु हो । कुर्सीमा बसीबसी पनि तपाइँ यसरी जिउ तन्काउनुहोस् की तपाइँको हात तथा खुट्टाका मांशपेशीहरु मज्जाले तन्किउन् ।

जो मानिसहरु कुनैपनि कारणले हिँडडुल गर्न पाउँदैनन् वा अरु व्यायाम तथा दौडमा सहभागी हुन पाउँदैनन् उनीहरुका लागि यो जिउ तन्काउने व्यायाम निकै लाभदायी हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment