Comments Add Comment

राष्ट्रपति भण्डारी बुधबार पोखरा आउने, दुई दिन त्यहीँ बस्ने

११ असोज, पोखरा । राष्ट्रपति विद्यादेवी भण्डारी बुधबार पोखरा आउने भएकी छन् । पोखरामा हुने कार्यक्रममा सहभागि हुन उनी बुधबार विहानको फ्लाइटबाट पोखरा आउन लागेकी हुन् ।

Prez Bidhya Bhandariराष्ट्रपति भण्डारी दुई दिन पोखरा बस्ने राष्ट्रपतिका सूचना तथा सञ्चार विज्ञ माधव शर्माले जानकारी दिए । राष्ट्रपतिलाई पोखरास्थित नेपाली सेनाको ब्यारेकमा बस्ने ब्यबस्था मिलाइएको छ ।

राष्ट्रपति भण्डारीले पोखरामा रहँदा ५ वटा कार्यक्रममा सहभागिता जनाउने बताइएको छ । पोखरा आएलगत्तै उनी बुधबार पूर्वाहृन ११ बजे पोखराको बाटुलेचौरमा आयोजित मातृ शिशु मितेरी अस्पताल (पोखरा-कोमागाने)लाई जिल्ला अस्पताल स्तारोन्नती उद्घाटन तथा हस्तान्तरण समारोहमा सहभागि हुनेछिन् । करीब डेढ घण्टा त्यहिं बिताएर उनी रोटरी क्लव इन्टरनेसनल डिष्ट्रिक्ट ३२९२ को ‘लिटे्रसी एण्ड हृयाण्ड वास इन स्कुल’ अभियान बारेको राष्ट्रिय सम्मेलनमा सहभागि हुनेछिन् ।

बिहीबार उनी ३ वटा कार्यक्रममा सहभागि हुने बुझिएको छ । विहान साढे ८ बजे हेमप्रसाद प्रधानले स्थापना गरेको तथा विन्ध्यबासिनी धार्मिक क्षेत्र विकास समिति पोखराद्वारा सञ्चालित ‘हेमदेवी धर्म, संस्कृति तथा समाज सेवा पुरस्कार’बाट बरिष्ठ संस्कृतिविद् सत्यमोहन जोशीलाई सम्मान गर्ने कार्यक्रममा सहभािग हुनेछिन् ।

त्यसपछिसाढे १० बजे हुने पोखरा उपमहानगरपालिकाको फेवाताल सरसफाई कार्यक्रममा सहभागि हुनेछिन् । त्यसलगत्तै राष्ट्रपति भण्डारी लुम्ले कृषि केन्द्रको अवलोकनका लागि जाने तयारी छ । यद्यपी यो कार्यक्रमको पूर्ण टुङ्गो लगाउन छलफल चलिरहेको राष्ट्रपतिका सूचना तथा सञ्चार विज्ञ माधव शर्माले बताए ।

उनका अनुसार लुम्ले कुषि केन्द्रमा अर्गानिक कृषिको सम्भावना बारे अवलोकन गर्ने तयारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment