Comments Add Comment

प्रधानमन्त्रीले मधेसी मोर्चालाई भने-शंका नगर्नुस्, दशैंअघि संविधान संशोधन दर्ता

Prachanda-and-morcha

११ असोज, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मधेसी मोर्चासामू मुद्धा फिर्ता र संविधान संशोधन विधेयक संसदमा दर्ताको नयाँ भाका राखेका छन् ।

सरकारले संविधान संशोधनबारे हल्ला मात्र गरेको तर, काम केही नगरेको भन्दै मधेसी मोर्चाका नेताहरु प्रचण्डले धोका दिन लागेको त होइन भन्ने शांका बोकेर बालुवाटार पुगेका थिए ।

सरकारको तर्फबाट कुनै ढिलाई हुँदैन । सकेसम्म दशैं अघि नै दर्ता गर्ने गरी मस्यौदा बनाउन लागौं- प्रचण्ड

तर, प्रचण्डले सरकार र आफूमाथि आशंका नगर्न आग्रह गरेका छन् । उनले सकभर दशैं अघि नै संशोधन दर्ता गर्ने र मुद्धा फिर्ता लिने आश्वासन लिएपछि मधेसी मोर्चाका नेताहरु प्रफुल्लीत मुद्रामा फर्किएको बैठकमा सहभागी एक नेताले बताएका छन् ।

बालुवाटार बैठकको सुरुमा नै सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले मोर्चाको चासोबारे जानकारी गराए । संशोधनबारे धेरै हल्ला भएपनि आफूहरुसँग कुनै छलफल नभएको भन्दै उनले कतै धोका दिन लागेको त होइन भन्ने आशंका व्यक्त गरेका थिए ।

साथै उनले तीनुबुँदे सहमतिको दोस्रो बुँदा अनुसार मुद्धा फिर्तामा ढिलाइ भएको असन्तुष्टि जनाए । उनले पक्राउ परेका तथा फरार भएकाहरुले दशैं मनाउँछ पाउँछन् कि पाउँदैनन् भनेर प्रश्न गरे । साथै तत्कालीन जिल्ला विकासका इकाइहरुका आधारमा स्थानीय तह पुनर्संरना गर्ने तीन दलको सहमतिप्रति आपत्ति जनाएका छन् ।

मोर्चामा आवद्ध दलका नेताहरुले पनि त्यसकै सेरोफेरोमा धारणा राखेपछि प्रधानमन्त्री प्रचण्डले जवाफ लिएका छन् ।

शंका नगर्न मोर्चाका नेताहरुलाई आग्रह

उनले आफूले त भारत जानु अघि नै संविधान संशोधन विधेयक दर्ता गर्न चाहेको भन्दै शंका नगर्न मोर्चाका नेताहरुलाई आग्रह गरेका छन् । उनले भने, सरकारको तर्फबाट कुनै ढिलाई हुँदैन । सकेसम्म दशैं अघि नै दर्ता गर्ने गरी मस्यौदा बनाउन लागौं ।’

बैठकमा सहभागी राष्ट्रिय मधेस समाजवादी पार्टीका महासचिव केशव झाका अनुसार प्रचण्डले अनौपचारिक छलफलहरु गरेर मस्यौदा बनाउने र मधेसी मोर्चा, कांग्रेस र माओवादीका नेताहरु बसेर त्यसलाई अन्तिम रुप दिने प्रस्ताव गरेका छन् । त्यसक्रममा प्रमुख विपक्षी एमालेसँग पनि छलफल गर्ने र दर्ता भएपछि निणर्ायक वार्ता गर्ने उनले बताए ।

प्रधानमन्त्री प्रचण्डले मुद्धा फिर्ताका लागि गृहकार्य भइरहेको भन्दै यसलाई पनि दशैं अघि नै टुंगोमा पुग्ने गरी काम गर्ने बताएका छन् । छलफलमा सहभागी उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले यसबारे भइरहेका कामको जानकारी गराएका छन् ।

स्थानीय तह पुनर्संरचना रोक्न सकिन्न

प्रधानमन्त्री प्रचण्डले स्थानीय निकायको पुनर्संरचनाको काम रोक्न नसकिने बताएका छन् । सहमति भएपछि त चुनाव गर्नु पर्ला भन्दै उनले सरकारले संवैधानिक आयोगलाईर् काम रोक भन्न नसक्ने बताए ।

तर, राजनीतिक दलहरुको सहमति विना चुनाव हुन नसक्ने भएकाले सहमतिबाटै अघि बढ्ने उनको आश्वासन छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment