Comments Add Comment

भाडा बढाउन ट्याक्सी चालकको ‘दादागिरी’: नियम नमान्ने भन्दै सडक जाम

taxi aandolan (9)
११ असोज, काठमाडौं । काठमाडौं उपत्याका बिहानैदेखि ट्राफिक व्यवस्था प्रभावित छ । रिंगरोडसहित भित्रि मार्गहरुमा पनि सवारी आवागमनमा अस्वभाविक प्रभाव परेको छ । कारण हो, बिहान ९ बजेदेखि ट्याक्सी चालकहरूले विभिन्न मागहरु राख्दै सुकेधाराबाट सुरू गरेको बिरोध र्‍याली ।

उनीहरुले रिंगरोड परिक्रमा गर्दै बेलुका ५ र्‍यालीलाई तीनकुनेमा ल्याए । सवारीको उच्च चाप हुने तीनकुनेमा ट्याक्सीको ठूलो उपस्थितिले रिंगरोड भित्रपनि ट्राफिक व्यवस्था खल्बलियो । बानेश्वर-तीनकुनेमा अहिले पनि हजारौं यात्रु जाममा फसेका छन् ।

नेपाल लोकतान्त्रिक यातायात मजदूर संगठनले ट्याक्सीको भाडा वृद्धि गर्न माग गर्दै आन्दोलन गरेको हो । संगठनले ट्याक्सीको भाडा सुरुमा ५०, र त्यसपछि प्रतिकिलोमिटर ५५ रुपैयाँ हुने गरी तोक्न पनि माग गरेको हो ।

उनीहरुले ट्राफिक प्रहरीले यात्रु ओसार्दा मिटरमा चल्नैपर्ने गरी गरेको कडाइ पनि अन्त्य गर्न माग गरेका छन् ।

taxi aandolan (12)तीनकुनेमा भएको कोणसभामा बोल्ने मजदुर नेताहरुले मिटरमा चल्नैपर्ने गरी कडाइ गरेकमा कडा आपत्ति जनाउँदै व्यवहारिकता नहेरिएकाले ट्राफिकको यो कामलाई ‘ज्याजति’ भनेका छन् ।

भूकम्पप्रभावितका लागि दिन लागिएको ट्याक्सी दश वर्षसम्म विक्री गर्न नपाउने व्यवस्था पनि हर्नुपर्ने संगठनका महासचिव हरि पौडेलले बताए । भुकम्पपीडितका नाममा दलालहरु सक्रिय भएको र उनीहरुले नै ट्याक्सी हात पारेर लाखौं कमाउने योजना बनाएको दावी पौडेलको छ ।

taxi aandolan (5)मजदुर संगठनको माग यतिमात्रै छैन, उसले विभिन्न १९ बुँदे मागहरु अघि सार्दै बिरोध र्‍याली निकालेको हो । चालक अनुमतिपत्र भएका भूकम्पप्रभावितको नाममा मात्र ट्याक्सी दर्ता गर्न पनि उनीहरुको माग छ ।

अहिले सरकारले थप १५ सय नयाा ट्याक्सी भूकम्पपीडितलाई प्रदान गर्न लागेको छ । काठमाडौंमा संचालित ट्याक्सीमध्ये ८० प्रतिशत ट्याक्सी सीमित व्यवसायीहरुको हातमा रहेको र त्यसका कारण ट्याक्सी व्यवसायमा विकृति बढेको भन्दै एउटा परिवारले ५ वटा भन्दा बढी ट्याक्सी दर्ता गर्न नपाउने गरी हद्बन्दी तोकिनुपर्ने माग समेत उनीहरुको छ ।

taxi aandolan (10)
यसैगरी एयपोर्टभित्र सहजै जान दिनुपर्ने र ट्याक्सीका लागि पार्कङको व्यवस्था गर्नुपर्ने माग पनि उनीहरुको छ । चक्रपथ वाहिर जाँदा मिटरमा जानुपर्ने व्यवस्थाको अन्त्य गरिनुपर्ने, घुसका लागि ट्राफिक प्रहरीले ट्याक्सी चालकहरुलाई जथाभावी रुपमा जरिवाना तिराउन खोज्ने प्रवृत्तिको अन्त्य गरिनुपर्ने लगायतका माग पनि अघि सारिएको छ ।

सडक जाममा फसेका यात्रुहरुले भने यसलाई ट्याक्सी चालहरुको ‘दादागिरी’ भनेका छन् । आन्दोलन गरेर नियम मान्दिन भन्नु गलत भएको र सर्वसाधारणलाई डकमा अलपत्र पारेकामा उनीहरु आक्रोशित देखिए ।

taxi aandolan (8)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment