Comments Add Comment

प्रियंकाको ‘आजको डायरी’: पाल्पादेखि भैरहवा हुँदै वुटवल

priyanka karki

अनलाइनखबरमा आजदेखि हामीले दैनिक एक जना कलाकारको ‘आजको डायरी’ प्रस्तुत गर्नेछौं । जसलाई हामीले ‘आजको डायरी’ नाम दिएका छौं । हरेक दिन बेलुकी यो स्तम्भ प्रकाशन हुनेछ । जसमा कुनै न कुनै कलाकारको दिनभरीको गतिविधी प्रस्तुत गर्नेछौं । ‘आजको डायरी’मा हामी नायिका प्रियंका कार्कीको दैनिकी प्रस्तुत गर्दैछाैं । प्रियंकाको आजको डायरी उनकै शब्दमाः

म आज बिहान त्यस्तै सवा ६ बजेतिर उठेँ । बिहान १ घन्टा मेरो जगिङ गर्ने बानी छ । यसलाई मैले पाल्पामा पनि निरन्तरता दिएको छु । करिब १ घन्टा जगिङ गरेर होटलमा फर्किएपछि ७ बजे ब्रेकफास्ट खाएँ । यसपछि, मलाई नुहाउन डेढ घन्टा लाग्यो । नुहाएरम पाल्पाबाट बुटवल पुगेँ । चलचित्र ‘छक्का पन्जा’को सफलताको खुशी साट्न दीपाश्री दिदी र दीपक दाई वुटवल आउने कार्यक्रम थियो । तर, उहाँहरु नआएकाले म नायिका अशिष्मा नकर्मीलाई एयरपोर्ट छाड्न गाडीमा गएँ ।

एयरपोर्ट पुगेपछि दीपक दाइले आफूहरु आइपुगेको बताउनुभयो । करिब ४५ मिनेटमा फेरि वुटवल आइपुगेँ । वुटवलको कालिका हलमा हामीले दर्शकसँग बसेर चलचित्रको सफलताको खुशी साट्यौ । दर्शकसँग तस्बिर खिच्यौ, रमाइलो गर्‍यौ ।

स्थानिय मिडियासँग चलचित्रको बिषयमा इन्टरभ्यू पनि भयो । करिब ३ बजिसकेको थियो । त्यहाँबाट हामी भैरहवाको कासी हल पुग्यौ । कासी हलमा पनि चलचित्र चल्दा चल्दै रोकेर दर्शकसँग खुशी साट्यौ । हलका संचालकले ‘छक्का पन्जा’ लेखिएको केक बनाउनु भएको रहेछ ।

हामीले केक काटेर रमाइलो गर्‍यौ । सवा ४ बजे दीपक दाई र दीपा दिदी एयरपोर्ट तर्फ लाग्नुभयो । म भने करिब २ घन्टाको बाटो हुँदै फेरि पाल्पा आइपुगेको छु । आज नाइट सुटिङ भएकाले करिब ११ बजेसम्म काम गर्छु । निखिल दाई र म अहिले चलचित्र ‘राधे’को छायांकनमा व्यस्त छौ । फूलपातिको दिनसम्म हाम्रो छायांकन चल्नेछ ।

समग्रमा आजको दिन निकै राम्रोसँग बित्यो । विशेषगरि, मैले दिपा दिदी र दीपक दाइलाई केही समयपछि भेट्ने मौका पाएँ । दर्शकसँग माया साट्न पाउँदा मलाई निकै खुशी लाग्छ । यो कुरा आज मैले पाएको छु । आजको दिनलाई म ५ मा ४.७ अंक दिन चाहन्छु ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment