Comments Add Comment

राष्ट्रिय परिचयपत्र निःशुल्क पाइने

परिचयपत्र खरिदमा साढे १० अर्ब खर्च

१२ असोज, काठमाडौं । सरकारले राष्ट्रिय परिचयपत्र निः शुल्क उपलव्ध गराउने भएको छ ।

National-Identity-Cardतीन पुस्ते विवरणसहित आगामी आर्थिक वर्षदेखि राष्ट्रिय परिचयपत्रका रुपमा नेपालीले स्मार्ट कार्ड निः शुल्क पाउने भएका हुन् ।

परिचयपत्र व्यवस्थापन केन्द्रका कर्मचारी निर्देशक दिनेश भट्टराईले स्मार्ट कार्ड जारी गर्दा लाग्ने सम्पूर्ण खर्च सरकारले नै वेहोर्ने जानकारी दिएको अाजको कारोबार दैनिकमा समाचार छ ।

करिब ३ करोड नेपालीलाई निः शुल्क उपलव्ध गराउँदा स्मार्ट कार्ड खरिदमा मात्रै १० अर्ब ५० करोडभन्दखा बढी रकम खर्च हुनेछ ।

एउटा स्मार्ट कार्ड ३ देखि ४ डलरसम्म पर्छ । यसका लागि शतप्रतिशत पोली कार्बोनेट कार्डको प्रयोग गरिनेछ । जसका २५ वटा फिचर समावेश गरिनेछ ।

कार्यकारी निर्देशक भट्टराइका अनुसार २०७४ भदौदेखि राष्ट्रिय परिचयपत्र वितरण गरिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment