Comments Add Comment

भारत पाकिस्तान तनावले सार्क शिखर सम्मेलन नहुने

india_pakistan१२ असोज, काठमाडौं । नोभेम्बर पहिलो सातका लागि निर्धारित दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन सार्कको १९ औं शिखर सम्मेलन नहुने भएको छ ।

भारतले सम्मेलनमा सहभागी हुन नसम्ने जानकारी सार्ककको अध्यक्ष रहेको देश नेपाललाई जानकारी गराएको हो ।

कुनै एक सदस्य देश शिखर सम्मेलनमा सहभागी हुन नसक्दा सम्मेलन आयोजना हुन नसक्ने प्रचलन रहेको आजको अन्नपूर्णमा समाचार छ ।

भारत नियन्त्रित कास्मीरको उरी क्षेत्रमा गत साता भएको आतंकवादी हमलामा १८ भारतीय सैनिक मारिएपछि भारत पाकिस्तान सम्बन्ध थप कटुतापूर्ण बनेको छ ।

भारतले उक्त आतंककारी हमलामा पाकिस्तानको हात रहेको बताएको छ भने पाकिस्तानले त्यसको खण्डन गरेको छ ।

सार्ककका महत्वपूर्ण दुई सदस्य मुलुकबीच बढ्दो तनावले सम्मेलन तोकिएको मितिमा नहुने भएको हो ।

भारतीय विदेश मन्त्रालयले मंगलबार जारी गरेको विज्ञप्तिमा सार्कको अध्यक्ष मुलुक नेपाललाई सार्क शिखर सम्मेलनमा भारत सहभागी हुन नसक्ने अवगत गराइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment