Comments Add Comment

बालिग भयोे गुगल, जानौँ केही रोचक तथ्यहरु

googleइन्टरनेट जाएन्ट गुगल अब बालिग भएको छ । अर्थात् गुगल स्थापना भएको १८ वर्ष पुगेको छ ।

सेप्टेम्बर २७ मा गुगलको उमेर १८ वर्ष पुगेको हो । यस अवसरमा गुगलले आफ्नो होमपेजमा बर्थडेमा बेलुन उडाएजस्तो एनिमेटेड डुडलको प्रयोग गर्यो ।

सन् १९९८ मा अस्तित्वमा आएको गुगलका प्रडक्ट तथा सर्भिसहरु विना अहिलेको सूचनाप्रविधि युक्त जिवनको कल्पना गर्न समेत नसकिने अवस्था छ । पलभरमा दुनियाभरका सारा जानकारी आँखै अगाडि ल्याइदिने गुगलको बारेमा केही तथ्य यस्ता छन्ः

१. बर्थडे पनि फरक फरकः उसो त गुगल कम्पनीको स्थापना ४ सेप्टेम्बर १९९८ मा भएकेा हो । तर कम्पनीले आफ्नो जन्मदिन धेरैपटक परिवर्तन गरेको छ । अन्ततः सन् २००५ देखि गुगलले २७ सेप्टेम्बरलाई आधिकारिक रुपमा आफ्नो बर्थडेका रुपमा मनाउन थालेको हो ।

२. गुगलका संस्थापकः क्यालिफोर्नियाको स्टानफोर्ड विश्वविद्यालयमा पढ्ने सर्जेइ बि्रन र ल्यारी पेज मिलेर गुगलको सुरुवात गरेका हुन् । त्यसबेला बि्रन २२ वर्षका तथा पेज २३ वर्षका थिए । इन्टरनेटको यस्तो विशाल दुनियामा केही कुरा खोज्नका लागि कुनै समस्या नहोस् भन्ने अभिप्राय उनीहरुको थियो ।

३. ग्यारेजबाट सुरुवातः अहिले दुनियाका कैयन् देशमा आफ्नो भव्य कार्यालय स्थापना गरिसकेको गुगलको सुरुवात ग्यारेजबाट भएकेा हो । ब्रिन र पेजले क्यालिफोर्नियामा घरमा रहेको ग्यारेजमा गुगलको स्थापना गरेका थिए । सुरु भएको दुइ वर्षमै गुगल दुनियाभर चर्चित बनेको थियो ।

४. अलराउण्डर कम्पनीः गुगलले आफ्नो यात्राको सुरुवात इन्टरनेट सर्च इन्जिनको रुपमा सुरु गरेको थियो । अहिले गुगलका प्रडक्ट तथा सेवाहरुको जालो इमेल, फोटो, भिडियो, म्याप्स, न्यूज तथा मोबाइल र सफ्टवेयर सम्म पुगेको छ । अर्थात् गुगल अहिले एक अलराउन्डर कम्पनी बनिसकेको छ ।

५. कमाइको माध्यमः गुगलका लगभग सबै सेवा निशुल्क छन् । तरपनि यसको कमाइ आश्चर्यजनक रुपमा उच्च छ । किनकी गुगलले आफ्नो कमाइको ठूलो हिस्सा विज्ञापनबाटै उठाउँछ । त्यस्तै एन्ड्रोइड अपरेटिंग सिस्टम र गुगल प्ले सर्भिसबाट पनि गुगलले मनग्गे आर्जन गर्ने गरेको छ ।

६.शेयरको मूल्य आकाशियोः २००४ मा जब गुगलले पहिलोपटक शेयर बजारमा पाइला अघि बढाएको थियो त्यसबेला गुगलको प्रति शेयर मूल्य ८५ डलर थियो । अहिले गुगलको मातृ कम्पनी अल्फाबेटको शेयर मूल्य ८०२ डलर प्रतिशेयर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment