Comments Add Comment

प्रतिनिधिसभाको समानुपातिकमा मधेसी समुदायलाई १५ प्रतिशत मात्र

Ayodhi-Prasad-Yadav, Photo RSS

१२ असोज, काठमाडौं । प्रतिनिधिसभाको समानुपातिकतर्फ मधेसी समुदायको १५ प्रतिशत मात्र उपस्थित हुने देखिएको छ । नयाँ संविधानमा व्यवस्था गरिएको क्लस्टरहरुका आधारमा निर्वाचन आयोगले समानुपातिकको ११० सिटका लागि प्रतिशत छुट्याउन गृहकार्य थालेको छ ।

जस अनुसार आदिवासी जनजातिले २९ प्रतिशत, मुस्लिमले ४, थारुले ७, दलित (पहाडे र मधेसी)ले १४ र मधेसीको १५ प्रतिशत पाउने देखिएको छ छ । खसआर्य समुदायको ३१ प्रतिशत हुनेछ ।

राज्य व्यवस्था समितिको बुधबारको बैठकमा प्रमुख निर्वाचन आयुक्त अयोधिप्रयाद यादवले भने, यसअघि ओभरल्यापिङ हुन्थ्यो र ११६ प्रतिशत सम्म भएको थियो । यो पटक हामीले १०० प्रतिशतमै सबैलाई ल्याउने प्रयास गरिरहेका छौं ।’

उनका अनुसार दलहरुले अब आफ्नो पार्टीले पाएको समानुपातिक सिटमा यसआधारमा नै प्रतिनिधि छनौट गर्नु पर्नेछ । साथै तोकिएको समूहबाटै हुनु पर्नेछ ।

यसअघिको व्यवस्था अनुसार मधेसी थारु, मधेसी दलित भनेर दुई क्लस्टरको प्रतिनिधित्व गराउन सकिन्थ्यो । अब भने थारु समुदायको कोटामा थारु समुदायबाटै प्रतिनिधित्व गराउनु पर्ने व्यवस्था गर्ने निर्वाचन आयोगको तयारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment