Comments Add Comment

लोक तथा दोहोरी गीत प्रतिष्ठानको अध्यक्षमा बद्री पंगेनी विजयी

badri pangeni and shankar bc
‘राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल’को अध्यक्षमा गायक बद्री पंगेनी निर्वाचित भएका छन् । काठमाण्डौमा भएको छैठौ महाधिवेशनमा पंगेनीले ८८८ मत ल्याएका थिए भने अध्यक्षका प्रत्यासी विष्णु खत्रीले ५०८ मत ल्याएका थिए ।

वरिष्ठ उपाध्यक्षमा रमेश वीजी, प्रथम उपाध्यक्षमा पशुपति शर्मा, द्वितीय उपाध्यक्षमा रामजी खाँड विजयी भए । सुवास केसी महासचिव भए भने उप-महासचिवमा चोलेन्ऽ पौडेल वीजयी भएका छन् ।

शंकर बिसी, खुमन अधिकारी र कृष्ण रेउले सचिव पदमा निर्वाचित भए भने कोषाध्यक्षमा दीपक खड्का निर्विरोध निर्वाचित भएका छन् । सह-कोषाध्यक्षमा टीका पुन विजयी भएकी छिन् ।

शिव हमाल सदस्य खुला र देवी घर्ती महिला सदस्यमा निर्वाचित भईन् । पार्वती राई, राजु ढकाल, कुलेन्ऽ विश्वकर्मा, राजन ठकुरी, वसन्त थापा, सन्तोष आलेमगर, जीवन दाहाल, हरि डाँगी, प्रचण्ड जीसी, रमेशराज भट्टराई, ईश्वरी प्रसाद भुसाल, राजन गुरुङ र विनोद बाजुराली सदस्य पदमा भएका छन् ।

त्यस्तै महिलातर्फ सदस्य पदमा देवी घर्ती, मुना थपामगर, पूर्णकला बीसी, जमुना राना, जानकी तारमी मगर, विजयी भएका हुन् । महिला उपाध्यक्षमा रीता थापामगर निर्विरोध निर्वाचित भएकी थिइन् भने महिला सचिवमा राधिका हमाल निर्विरोध भएकी थिइन् ।

त्यस्तै प्रदेश नं. २ संयोजकमा कृष्ण प्रसाद गौतम, प्रदेश नं. ३ संयोजकमा रमिला न्यौपाने, प्रदेश नं. ४ संयोजकमा तारापति सुवेदी, प्रदेश नं. ५ संयोजकमा लक्ष्मण खड्का, प्रदेश नं ७ संयोजकमा सुरत रावत विजयी भएका छन् ।

लोकगीतको संरक्षण र यसमा लाग्ने श्रष्टाहरुको हक-हितका लागि भन्दै यो संस्था स्थापना गरिएको हो । तर, पछिल्लो समयमा लोकगीतमा देखिएको विकृतीलाई ‘राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान’ले रोक्न नसकेको र कुनै कदम नचालेको आरोप लाग्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment