Comments Add Comment

अमेरिकी राष्ट्रपतीय चुनावमा हिलारीको पल्ला भारी

Hilari-Clintonअमेरिका । दुबै पार्टीका गनेचुनेका सबै मानिस एउटै हलमा भेला भएका थिए, हफ्ट्रा विश्व विद्यालयको हल न्यूयोर्कमा । त्यहाँ राजनीतिक नाराबाजी थिएन ।

कुनै राजनीतिक हानाहान थिएन । तेस्रो विश्वमा जस्तो डक सडकमा ढुंगा हान्ने र तोडफोड गर्ने किसिमको राजनीति थिएन । उत्तेजित मानिसहरुलाई बहस हल भित्र प्रवेश पनि दिइएको थिएन ।

बहसको शुरुदेखि नै हिलारीले डोनाल्ड ट्रम्पलाई साइजमा राख्न सकेको चर्चा चल्दै थियो । बहसको अन्त्य सम्म पनि हिलारीले सालीन रुपमा आफूलाई प्रस्तुत गरिरहेको देखिन्थ्यो । सीएनएनको एक मत सर्भेक्षणले त ६२ प्रतिशतले हिलारीले यो पहिलो चरणको बहस सहजै जितेको देखाएको छ ।

धेरैले के पनि भनेका छन् भने ट्रम्पले बहसको लागि कुनै पनि पूर्वतयारी गरेका थिएनन् । अरु कतिले त अझै पनि ट्रम्पले तीतो बोल्न र झूठो बोल्न छोडेनन् र उनले यो पहिलो बहसमा पनि कतिपय उल्टासुल्टा कुरा गर्न पछि परेनन् । जस्तो कि उनले इराक युद्धको समर्थन गरेको थिइँन भन्नु आदि ।

फ्लोरिडामा नमूनाका लागि कुनै पनि पार्टीको पक्षमा नभएका २० जना स्वतन्त्र मतदाताहरुलाई एउटै कोठामा राखेर बहस सुन्न लगाइएको थियो बहस सुनिसकेपछि उनीहरु मध्ये १८ जनाले हिलारीलाई समर्थन गरेको समाचार आएको छ

राष्ट्रपतीय निर्वाचन सम्बन्धमा तीनवटा मध्येको पहिलो बहस यहाँ भएको छ । यसपटकको चुनावमा कतिपय अमेरिकी नागरिकले भने जुन जोगी आए पनि कानै चिरेको भन्दै उदासीन बनिरहेका बेला यो बहसले उठ्ने घण्टी (वेक अप कल) दिएको छ । बहस सुनिसकेपछि कुनै पनि पार्टीका लागि भनेर निर्णय नगरेका मतदाताहरुले केही निर्णय गर्न सक्ने भएका छन् ।

फ्लोरिडामा नमूनाका लागि कुनै पनि पार्टीको पक्षमा नभएका २० जना स्वतन्त्र मतदाताहरुलाई एउटै कोठामा राखेर बहस सुन्न लगाइएको थियो बहस सुनिसकेपछि उनीहरु मध्ये १८ जनाले हिलारीलाई समर्थन गरेको समाचार आएको छ ।

बहसले डोनाल्ड ट्रम्पलाई फेरि पनि एम उत्तेजक उम्मेदवारको रुपमा सावित गरेको छ । मोडरेटरले एक उम्मेदवारले बोल्दा बोल्दै अर्कोले हस्तक्षेप गर्न नमिल्ने नियम बारम्बार बताउदा बताउदै पनि ट्रम्पले २५ मिनेटमा २६ पल्ट क्लिन्टनको कुरा काट्न खोजे । धेरैजसोले यसलार्इ अनुशासनको उल्लंघनको रुपमा ब्याख्या गरेका छन् ।

कतिपयले यस बहसमा क्लिन्टन प्रतिरक्षामा हुन सक्ने अनुमान गरेका थिए । तर, हिलारीले ट्रम्पलाई एक-एक गरी तथ्यपूर्ण तर्कको वर्षा गराउन थालेपछि उनी हैन। नो, नेभर जस्ता छोटा शब्द प्रयोग गर्दै हिलारीको बोल्ने पालोमा पनि कुचुक-कुचुक बोल्दै थिए ।

Guna
गुणराज लुइटेल

क्लिण्टनले सोलार पावर र क्लीन इनर्जीको कुरालाई प्राथमिकताको साथमा उठाइरहँदा डोनाल्ड ट्रम्प भने धनीहरुलाई ट्याक्स कट गर्ने कुरामै जोड दिइरहेका थिए । उनले ग्लोवल वार्मिङ जस्ता विषय अमेरिकी एजेण्डा हुन नसक्ने कुरा बताए ।

हिलारीले आफ्नो वेव साइटमा गएर फ्याक्ट चेक गर्नु भनेर अनुरोध गर्दै डोनाल्ड झूठ बोल्छन भन्ने कुरा घुमाउरो पाराले बताइन् । डोनाल्डले विदेशतिर निश्काशन भइरहेको लगानीलाई स्वदेशमा ल्याउने कुरा त गरे तर कसरी विदेशिएको लगानी स्वदेश फर्काउने भन्ने कुरा बताउन सकेनन् । डोनाल्ड ट्रम्पले आफूले ट्याक्स तिरेको कागजात सार्वजनिक नगरेको कुरा हिलारीले उठाएपछि पनि अलिकति अप्ठ्यारोमा परे ।

हिलारीले भने डोनाल्डले केही कर तिरेको आय ब्यय सार्वजनिक नगरेर केही गल्ती लुकाइरहेको आरोप लगाइन् । इमेल काण्डमा भने हिलारीले हाफूले गल्ती गरेको स्वीकार गरिन तर यो विषयलाई डोनाल्डले राम्ररी चर्काउन नसकेको आरोप स्वयं रिपब्लिकन समर्थकहरुले लगाएका छन ।

हिलारीले डोनाल्ड ट्रम्पले उसको काम गर्ने कामदारलाई पैसा नदिएको, छ पल्टसम्म व्यवसाय बैंकरप्सी (टाट पल्टेको) घोषणा गरेर ठगेको आरोप पनि लगाइन । बन्दुक बोक्न पाउने कानून चाहिने पक्षमा डोनाल्ड देखिए भने यसको विरोध गरिनँ हिलारीले ।

हिलारीले डोनाल्ड रंगभेदी भएको र सानैमा उसलाई रंगभेद गरेको आरोपमा मुद्धा परेको बताउँदा डोनाल्डलाई सही उत्तर दिन निकै गाह्रो भएको थियो । साइबर सेक्युरिटीको विषयमा डोनाल्ड ट्रम्स सरकारमा जान योग्य छैनन् भन्ने आरोप हिलारीको थियो भने डोनाल्डले रुसलाई बचाउँदै चीनले पनि साइबर चोरी गरेको हुन सक्छ भन्ने तर्क राखे ।

आइसीएस आतंककारीहरु ओबामा र हिलारीकै कमजोरीले जन्मिएको दावी गर्दै डोलाण्ड ट्रम्पले पहिले आफूले नेटोको विरोध गरेको भए पनि उनीहरुसँग मिलेर नै काम गर्ने स्वीकार गरे । अन्तरराष्ट्रिय कूटनीतिको सम्बन्धमा ट्रम्पले बोलेका धेरै कुरा तथ्यसँग बाझेको भनेर स्वयं मोडरेटरले पनि बताएका थिए ।

संसारभरिबाट करीव सय मिलियन भन्दा बढीले प्रत्यक्ष प्रसारण हेरेको भनिएको यो बहसले अव स्टेटहरुमा छरिएको अमेरिकी राजनीतिलाई टेबुलमा ल्याइपुर्याएको छ । अरु दुई वटा बहस पछि पक्कै पनि अमेरिकी नागरिहकरुलाई नोभेम्बर पहिलो हप्ताको चुनावमा मतदानको निर्णय गर्न निकै सजिलो हुने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment