Comments Add Comment

३४ लागे रणवीर, इमरानकी श्रीमतिसँग पनि थियो प्रेम

ranbir kapoor
बलिउड नायक रणबीर कपुर आजबाट ३४ वर्षमा लागेका छन् । उनको जन्म २८ सेप्टेम्बर १९८२ मा भारतको महाराष्ट्रमा भएको थियो । रणबीर सानैदेखि प्रोफेशनल र पर्सनल लाइफका कारण चर्चामा आए ।

‘रकस्टर, ए जवानी हे दिवानी, बर्फी’ जस्ता चर्चित चलचित्रमा काम गरेका रणबीरको नायिकाद्धय दीपिका पादुकोण र कट्रिना कैफसँग अफेयर थियो ।
सानो वेलामा निकै क्यूट थिए रणवीर । इन्टरनेटमा भेटिएका उनका पुराना तस्बिरले पनि यो पुष्टी गर्छ । रणबीर जहिल्यै आफुलाई आफ्नो बुबाको फ्याने भएको बताउँछन् । उनलाई आमाको अभिनय पनि उत्तिकै मन पर्छ ।

यूवतीसँग हिमचिम बढाउने मामलामा रणबीर सबै भन्दा अगाडि थिए । ७ कक्षा पढ्दै गरेका वेला उनले पहिलो पटक प्रेमिका बनाएका थिए । पहिलो प्रेम टुटेपछि कहिल्यै दोहोर्‍याएर प्रेम नगर्ने प्रण गरेका थिए । तर पछि अवंतिका मलिक(इमरान खानकी श्रीमति) सँग उनको चक्कर चल्यो ।

रणबीरले मुम्बईको महिम स्थित बाम्बे स्काटिश स्कुलमा पढेका थिए । एक पटक उनले भनेका थिए-‘म पढाइमा कमजोर छु’ उनले हरेक वर्ष स्कुलमा हुने गरेको र्‍याङकिङमा आफू पछाडिवाट पाँचौमा पर्ने गरेको बताएका थिए ।

रणबीरले न्युयोर्कमा रहेको स्कुल अफ भिजुअल आर्ट्सवाट फिल्म मेकिङको कोर्स गरेका थिए । पढाईमा कमजोर रणबीर शिक्षकलाई भने निकै सताउँथे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment