Comments Add Comment

च्याम्पियन्स लिगमा युभेन्टस, लिसेस्टर र टोटनहृयामको जित

miralem-pjanic-juventus

काठमाडौं । इटालीयन च्याम्पियन युभेन्टसले युरोपियन च्याम्पियन्स लिग फुटबलको समूहको दोस्रो खेलमा क्रोएशियाको डाइनामो जग्रेवलाई उसकै मैदानमा पराजित गरेको छ ।

समूह एच अन्तर्गत मंगलबार राति सम्पन्न खेलमा युभेन्टसले घरेलु टोली डाइनामोको पोष्टमा चार गोल गर्न सफल भयो ।

२४औं मिनेटमा मिरालेक पिजामिकको गोलबाट अग्रता लिएको युभेन्टसका लागि ३१औं मिनेटमा गोञ्जालो हिगुइन, ५७औं मिनेटमा डिवाला र ८५औं मिनेटमा ड्यानी आल्भेसले गोल गरे ।

समूहको पहिलो खेलमा युभेन्टसले स्पेनको सेभियासँग बराबरी खेलेको थियो । गएरातिनै सम्पन्न समूह एचको अर्को खेलमा सेभियाले फ्रान्सको ओलम्पिक ल्योनाइसलाई १-० ले हरायो ।

समूह जी अन्तर्गतको खेलमा इंग्लिस च्याम्पियन लिसेस्टर सिटीले पोर्चुगलको पोर्टोलाई एक शून्यले पराजित गर्‍यो । च्याम्पियन्स लिग समूहचरणमा लिसेस्टरको यो लगातार दोस्रो जित हो ।

खेलको २५औं मिनेटमा रियाद मेहेरेजको पासमा स्लिमानीले गरेको गोल नै लिसेस्टरको जितमा निर्णायक बन्यो ।

यसै समूहको अर्को खेलमा डेनमार्कको कोवेनहेवनले बेल्जियमको क्लव बर्गलाई ४-० को फराकिलो अन्तरले हरायो ।

समूह इ अन्तर्गतको खेलमा इंग्लिस टोली टोटनहृयामले रुसको सिएसकेए मस्कोभालाई एक शून्यले हरायो । मस्कोभालाई उसकै मैदानमा हराउने क्रममा टोटनहृयामका लागि हेयुङ मिन सनले गोल गरेका थिए ।

यसै समूहको अर्को खेलमा फ्रान्सको मोनाको र जर्मनीको बायर लिभरकसेनले एक एक गोलको बराबरी खेल्दै अंक बाँडे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment