Comments Add Comment

‘गाँठो र झुम्की’लाई ‘छक्का पञ्जा’को असर, ‘सफर र किस्मत २’लाई के गर्ला ?

deepak and priyanka in hall
भदौ २४ गतेबाट रिलिजमा आएको चलचित्र ‘छक्का पञ्जा’को व्यापारले २ चलचित्रलाई नराम्रो असर परेको छ । हुनत, यी चलचित्र नचल्नुको पछाडि ‘छक्का पञ्जा’ मात्र कारण होइन । तर, पनि हलमा एकलौटी दबदबा राखेको यो चलचित्रले नेपाली र हिन्दी चलचित्रलाई नै विस्थापित गरिदिएको हो ।

दीपाश्री निरौलाको डेब्यू निर्देशनमा बनेको यो चलचित्रले भदौ ३१ गते रिलिज भएको चलचित्र ‘गाँठो र ड्राइभर दाई’लाई पानी भन्न दिएन । दुबै चलचित्रको व्यापार निकै कमजोर बन्यो भने दोश्रो सातामा पनि दीपकराज गिरी र दीपाश्रीको यो चलचित्रले व्यापारमा कमाल नै गर्‍यो । तेश्रो सातामा चलचित्र ‘झुम्की’लाई पनि चलचित्रले ठूलो असर पार्‍यो ।

अपिल बिष्टको डेब्यू निर्देशनमा बनेको यो चलचित्रमा दयाहाङ राई, मलिना जोशी, रीश्मा गुरुङ जस्ता नाम चलेका कलाकार थिए । तर, दर्शकले हलमा जाने इच्छा गरेनन् । जसकाकारण, ‘झुम्की’ चलेन ।

‘छक्का पञ्जा’को व्यापार ७ करोड पुगिसकेको चर्चा चलचित्र बजारमा छ । तर आधिकारिक बक्स अफिस डाँटा सार्वजनिक गरिएको छैन । असोज १४ गतेबाट रिलिजमा आउन लागेको चलचित्र ‘सफर’लाई पनि हाँस्यप्रधान यो चलचित्रले असर गर्छ भन्ने विश्लेषण गरिएको छ । एक साता आफ्नो होल्ड ओभरलाई कायम गरेको खण्डमा ‘छक्का पञ्जा’ले दशैको बिदा पनि खाने पक्का छ ।

यसो भएको खण्डमा निर्माता छविराज ओझाको ‘किस्मत २’लाई केही अप्ठ्यारो पर्न सक्छ । नेपालका अधिकांश निर्माता अरु निर्माताको चलचित्रको आयू एक साताका लागि मात्र तोक्छन् । तर, कुनै चलचित्र यस्ता पनि बन्छन्, जसले एक महिनासम्म हप्तैपिच्छे रिलिज हुने चलचित्रको आयू घटाइदिन्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment