Comments Add Comment

आजदेखि बैंक अफ काठमाडौं लुम्बीनीको सेयर कारोबार

१२ असोज, काठमाडौं । मर्जरका कारण १० महिनादेखि बैंक अफ काठमाण्डू र लुम्बिनी बैंकको रोकिएको सेयर कारोबार बुधबारदेखि खुलेको छ ।

bok-limbiniयो बैंकको सेयर कारोबार ‘बीओकेएल’को संकेत रहेको छ । बीओकेएलको प्रतिकित्ता सयरमुल्य ४९५ रुपैयाँ हुनेगरी मुल्य समायोजन भएको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ ।

मर्जरमा जाने सम्झौता गरेपछि गत पुस ९ गतेदेखि यी दुई बैंकको सेयर कारोबार रोकिएको थियो । नेपाल राष्ट्र बैंकले नेपाल स्टक एक्सचेञ्ज (नेप्से)लाई सेयर कारोबार खुलाईदिन पत्राचार गरेपछि बुधबारदेखि नेप्सेले मर्जरपछि बनेको बैंक अफ काठमाण्डू लुम्बीनीको सेयर कारोबार खुलाएको हो । मर्जरपछि बैंकको चुक्ता पूँजी ४ अर्ब ४७ करोड रुपैयाँ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment