Comments Add Comment

साझालाई लिलामीबाट बचाउने प्रमको आश्वासन

Sajha-Publication१२ असोज, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले आर्थिकरुपमा सङ्कटमा पुगेको साझा प्रकाशनको जग्गा लिलामी हुन नदिने वचन दिनुभएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा सो प्रकाशनका अध्यक्ष तथा महाप्रबन्धक डोलिन्द्रप्रसाद शर्मासहितको प्रमण्डलसँग मङ्गलबारको भेटमा उनले सो आश्वासन दिए । घाटामा गएको साझाले ऋण तिर्न नसकेपछि सहकारी विकास बोर्डले पुल्चोकस्थित सात रोपनी जग्गा लीलामीमा निकाल्ने तयारी गरेपछि प्रकाशनले प्रधानमन्त्रीलाई गुहारेको हो ।

प्रकाशनले कर्मचारीको दसैँ सुविधासहित पारिश्रमिक, उपदान, लेखकका लेखकस्व र विभिन्न व्यक्ति, निकाय र संस्थालाई ऋण तिर्न सरकारसँग ४० करोड सहुलियत ऋण माग्दै आएको छ । सरकारबाट सहयोग नपाएर जग्गा बिक्री गरेर ऋण तिर्ने प्रकाशनको योजना छ ।

विगत छ वर्षदेखि रोयल्टी दिन नसक्दा स्रष्टाहरूको दसैँ खल्लो भएको र संस्थामा कार्यरत कर्मचारीलाई विगतको दसैँ खर्चसमेत उपलब्ध गराउन नसक्दा कर्मचारी र तिनमा आश्रित परिवारमा निराशा छाएकोमा प्रधानमन्त्री दाहालको प्रतिबद्धताले आफूहरुमा नयाँ उत्साह बढेको महाप्रबन्धक शर्माले बताए ।

भेटमा उपस्थित नेकपा (माओवादी) का अध्यक्ष मोहन वैद्य, अखिल नेपाल जनसांस्कृतिक महासङ्घका अध्यक्ष डा ईश्वरचन्द्र ज्ञवालीले पनि साझा बचाउन विशेष पहल गर्न प्रधानमन्त्रीसँग आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment