Comments Add Comment

हिन्दीलाई राष्ट्रिय भाषा बनाउन सकिँदैनः वर्षमान पुन

Barshaman-pun-dang

१२ असोज, तुलसीपुर । नेकपा माओवादी केन्द्रका नेता एवं पूर्व अर्थमन्त्री वर्षमान पुनले हिन्दीलाई राष्ट्रिय भाषा बनाउने तयारी भइरहेको हल्ला अनावश्यक भएको बताएका छन् ।

रिपोटर्स क्लव नेपाल दाङ शाखाले बुधवार तुलसीपुरमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रमलाई सम्वोधन गर्दै नेता पुनले कुन भाषालाई राष्ट्रिय भाषा बनाउने भन्ने सवाल भाषा आयोग र संवैधानिक आयोगको सिफारिसको आधारमा मात्रै हुने बताए ।

उनले यो केवल राजनीतिक रुपमा उत्तेजना फैलाउन गरिएको षड्यन्त्र मात्रै भएको बताए । त्यस्तै उनले अंगीकृत नागरिकताको सवाल उठाएर राष्ट्रभक्त जनतालाई विभाजन गर्न र भड्काउनका खोजिएको आरोप लगाए ।

यसबारेमा संघीय कानुनले निर्णय गर्ने भएकोले राजनीतिक फाइदाका लागि प्रतिपक्षीले अर्नगल प्रचार गरिरहेको उनले आरोप लगाए । नेता पुनले भने ‘अब भारतवाट मात्रै बुहारी भित्र्याइन्छ भन्नु गलत हो, यूरोपबाट पनि बुहारीहरु नेपाल आउन सक्छन ।’

पत्रकार सम्मेलनमा नेता पुनलेसंघीय कानुन बन्दैन कि भन्ने चिन्ता जायज रहेपनि अन्तरिम संविधानमा टकेर बैवाहिक अंगिकृत नागरिकता बनाउन सकिने बताए ।

उनले प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणले दुई देशबीच चिसिएको सम्वधमा न्यानोपना आएको दाबी समेत गरे ।

पूर्व मन्त्री पुनले नेपालका प्रधानमन्त्री र चीनका राष्ट्रपतिकाबीचमा भारतको गोवामा हुने ब्रिक्स सम्मेलनमा साइडलाइन भेट्ने र सम्वाद गर्ने निश्चित भएको बताए । चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण स्थगित भएको सवालमा माओवादी नेता पुनले भने ‘नेपाल हल्लै हल्लाको देश हो । आफै भ्रमण मिति ‘फिक्स’ गर्ने र आफै ‘क्यान्सिल’ गर्ने काम भइरहेको छ । जवकि भ्रमणको मिति नै तय भइसकेको थिएन ।’

नेता पुनले मधेस र संविधानप्रति विमत्ति राख्नेहरु समेत संवादमा आएको दाबी गरे । यो सरकारले चैतमा स्थानीय निकायको निर्वाचन गराउने उनको दावी छ । सीमांकनको सवालमा छलफल भएपनि सात प्रदेशको सवालमा आजका यो जिल्ला थप्ने वा यो जिल्ला हटाउने भन्ने सवालमा कुनै पनि सहमति भइनसकेको पुनले प्रष्ट पारे ।

त्यस्तै उनले स्थानीय निकाय पुनर्संरचनाको सवालमा दलहरुबीच सहमति भइसकेको बताए । तर सहमति भएपनि मधेसी दलहरुले सार्वजनिक रुपमा केही रिजर्वेशन राखिएको बताए । उनले उपेन्द्र यादवले भनेका मात्रै सवै कुरा नलाग्ने र मान्ने नहुने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment