Comments Add Comment

‘माग्ने बुढा’को आवाजमा ‘मन्त्री ज्यूको सालो’, भिडियो भने यस्तो बन्यो

magne buda in songs video
हाँस्य कलाकार केदार घिमिरे (माग्ने बुढा) विगत ४ महिनादेखि बिरामी छन् । पेटको समस्याका कारण विरामी परेका उनी अहिले आराम गरिरहेका छन् । केदारको स्वास्थ्यमा क्रमिक सुधार पनि हुँदै आएको छ । उनै केदार आफैले गाएको गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ, जसमा उनी आफू पनि देखिएका छन् ।

केहि वर्ष अगाडि रेकर्ड गरिएको ‘मन्त्रीको सालो’ बोलको व्यंग्यात्मक गीतमा उनी पनि देखिएका हुन् । मन्त्रीलाई घोचपेच गरिएको यस गीतको शब्द केदार आफैले लेखेका हुन् भने गीतमा हरि लम्सालको संगीत छ ।

दीपक आचार्यको निर्देशनमा गीतको म्युजीक भिडियो तयार भएको छ । भिडियोमा माग्ने बुढासँगै दीपक आचार्य, विनोद राई, बेगम नेपाली, दिनेश काफ्ले, सुबोध गौतम, सुनिता ठाकुर, भरत बस्नेतलगायत देखिएका छन् । गोकुल अधिकारीको छायांकन र अमन मानन्धरको सम्पादन यो भिडियोमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment