Comments Add Comment

संविधान संशोधनका लागि आफूसँग छलफल नगरिएको गच्छदारको गुनासो

Bijaya-Gachchhadar

१२ असोज, विराटनगर । मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले सवैदलहरुसँग सहमति गरेर मात्र सरकारले संविधान संशोधन प्रक्रिया अगाडी वढाउनुपर्ने बताएका छन् ।

विराटनगर विमानस्थलमा वुधवार स्थानीय सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष गच्छदारले संविधान संशोधन गर्नका लागि प्रतीपक्ष एमाले र आफनो पार्टीसँग सरकारले कुनै छलफल नगरेको गुनासो गरे ।

नेपाली कांग्रेस र माओवादी केन्द्रको आपसी सहमतिमा मात्रै संविधान संशोधन हुन नसकने उनको भनाई थियो ।

संविधान सशोधनका लागी मुख्यदल, मधेशीमोर्चा तथा मधेशवादीदलहरुसँग सहमति आवश्यक भएकाले छलफल गरेर मात्र संविधान संशोधन प्रक्रिया अगाडी वढाउनुपर्ने उनले बताए ।

‘सहमति नगरी संसदवाट संविधान संशोधन गर्नु भनेको झारा टार्ने काम मात्र हो ।’ उनले भने, ‘सरकारले साँच्चैनै संविधान संशोसन गर्न लागेको हो भने सबैको सहमति कायम गरोस ।’

अध्यक्ष गच्छदारले संविधान कार्यान्वयनका लागि स्थानीय निकायको निर्वाचन आवश्यक रहेको उल्लेख गर्दै स्थानीय संरचनाहरुको सीमा र संख्याको टुंगो लगाएर मात्र निर्वाचन गर्नुपर्ने बताए ।

‘निर्वाचन आवश्यक भएपनि झापा, मोरङ, सुनसरी, कैलाली तथा कञ्चनपुर जिल्लाको सीमांकन विवाद टुङ्ग्याएर मात्र निर्वाचनमा जानुपर्छ ।’ गच्छदारले भने ।

अध्यक्ष गच्छदारले इलाकालाई आधार मानेर स्थानीय निकायको निर्वाचन गराउने कुरा आफनो पार्टीलाई मान्य नहुने बताए । इलाकालाई आधार मान्ने कुरा अवैज्ञानिक भएको उनको टिप्पणी छ ।

उनले स्थानीय निकायको पुनर्संरचना गर्दा संख्या वढाउने कुरामा दलहरुले सहमति जनाइसकेकोमा अव इलाकालाइ आधार मान्ने कुरा उठाउनुको कुनै तुक नरहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment