Comments Add Comment

तल्लो मोदी जलविद्युत आयोजनाका मजदुर आन्दोलित

२५ प्रतिशत तलब बढाउन माग

१२ असोज, पर्वत । तलब बढाउन माग गर्दै निर्माणाधिन तल्लो मोदीखोला जलविद्युत आयोजनाका मजदुरहरु आन्दोलित भएका छन् ।

Modi-Kholaआयोजना अन्तरगतको अम्बोटमा रहेको सुरुङमार्ग निर्माणका मजदुरहरुले २५ प्रतिशत तलब बृद्धि, सुरक्षाको ग्यारेण्टी र जीवन विमाको माग गर्दै आन्दोलन सुरु गरेका हुन् ।

बुधबार विहान कम्पनी र आन्दोलनरत मजदुर प्रतिनिधिबीच बार्ता भएपनि विना निश्कर्ष टुंगिएको छ ।

साउथ एसियन इन्फेक्टर प्रालिले मजदुरहरुको ९ प्रतिशत तलबभत्ता बृद्धि गरेपनि मजदुरहरुले त्यसलाई अस्वीकार गरेका छन् । सरकारले बृद्धि गरेको तलबभत्ता अनुरुप २५ प्रतिशत नै तलब भत्ता बढाउनुपर्ने मजदुरहरुको माग छ ।

साउथ एसियनले ४.२ किलोमिटर सुरुङ मार्ग निर्माणका लागि मनाङ ट्रेड मार्फत ठेक्कामा लिएको थियो । ठेक्का अनुसार अझै ४ सय ४५ मिटर सुरुङ निर्माण गर्न बाँकी छ ।

ठेकेदार कम्पनीले १५ दिनभित्र माग सम्बोधन गर्ने बताएको थियो तर माग सम्बोधन नभएपछि आन्दोलनमा होमिएको कृष्णबहादुर लामिछानेले बताए ।

लामिछानेको नेतृत्वमा संघर्ष समिति गठन गरेर अहिले मजदुरहरु आन्दोलनमा छन् ।

(महेन्द्र केसीको सहयोगमा)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment