Comments Add Comment

हट कंगना, रणवीरको स्टाइलिस्ट पहिरन

ranbir and kangana
नायिका कंगना रनावत मंगलबार बेलुकी एक अवार्ड समारोहमा पुगिन् । ‘जीक्यू म्यान अफ द इयर अवार्ड’को रेड कार्पेटमा उपस्थित कंगनाले आफू फेसनमा पनि अब्बल रहेको पुष्टी गरिन् ।

कंगनाले अवार्डको रेड कार्पेटमा लगाएको पहिरनको माथिल्लो भाग अत्याधिक खुलेको थियो । अवार्डमा सहभागी हुन पुगेकी कंगना अन्य सहकर्मी कलाकारसँग रमाइलो पल बिताइरहेकी थिइन् ।
kangana ranaut
अवार्डमा पुगेका नायक रणवीर सिंह र कंगनाविचको दोस्ती पनि खुबै जमेको थियो । नायिका दीपिका पादुकोण र नायक रणवीर सिंहविच अफेयरको चर्चा बलिउडमा छ । दीपिका र कंगना बलिउडमा एक अर्काको दुश्मन मानिन्छन् । यसैले कंगना र रणवीरको निकटता दीपिकाका लागि पक्कै डाहा उत्पन्न गर्ने खालको हुनसक्छ ।
ranbir sing
कंगनाले आफ्नो फेसनको बिषयमा आफ्नो टिमको हात महत्वपूर्ण हुने बताइन् । यता, नायक रणवीर सिंहको पहिरन पनि रोचक लाग्दो नै थियो । रणवीर कुनै पनि कार्यक्रममा निकै मस्ती मुडमा पुगेका हुन्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment