Comments Add Comment

केएल टावरमा दशैंतिहार उपहार योजना

kl-tower-dashain१२ असोज, काठमाडौं । चाबहिल चुच्चेपाटीमा रहेको केएल टावरले दशैं तथा तिहारलाई लक्षित गर्दै उपहार योजना सुरु गरेको छ । रमाइलो दसैँ-तिहार नामदिइएको योजनामाग्राहकले प्रत्येक दिनकुनै न कुनै किसिमको उपहार पाउने छन् ।

त्यसैगरी उपहार योजनामा सहभागिग्राहकले साप्ताहिक तथा बम्पर उपहारमा टेलिभिजन वासिंग मेशिनदेखि मोटरसाइकलसम्म उपहार पाउने छन् । दशैंमा केही नयाँ वस्तु तथा सेवाखरिद गर्ने आमउपभोक्ताको मनसायलाई प्रोत्साहित गर्दै मलको व्यवशाय प्रवर्द्धनका लागि यो योजना ल्याइएको हो ।

उपहार कार्यक्रमका संयोजक हिरामणी तिमल्सिनाका अनुसार उपभोक्ताले केएल टावरमा सामान खरिद गर्नेले कुपनमार्फत उपहार प्राप्त गर्नेछन् ।

दैनिक उपहारमा सिनेमा टिकट, सपिङ भौचर, जेडटिईका स्मार्टफोन, फुडकोर्टको लन्च कुपन लगायत रहेका छन् भने साप्ताहिक रूपमा मलले टिसिएल र गोदरेज ब्राण्डका वासिङ मेसिन, टेलिभिजन, पि|mजलगायतका घरायसी सामान उपलब्ध गराउने तिमल्सिनाले बताए ।

यसका साथै साप्ताहिक उपहार कार्यक्रममा गि्रनविच कम्पनीको टाइमेक्स घडी तथा ५ हजार रुपैयाँ बराबरको सपिङ भौचर पनिग्राहले पाउने छन् ।

उपहार योजनाको बम्पर उपहारमा टिभिएसको अपाचे आरटिआर मोटरसाइकल, टिभिएसकै जेस्ट स्कुटर तथा बैंकक भ्रमणको अवसर ग्राहकले पाउने छन् ।

५० वटा पसल, ग्रोसरी, फुडकोर्ट, तीनवटा सिनेमाहल, बालबालिका र युवाका लागि छुट्टाछुट्टै गेमजोन, सामसुङ प्लाजा, फर्निचर सोरुमलगायतका दैनिक प्रयोगमा आउने सबै प्रकारका सामान खरिद गर्न सकिने मलमा १ हजार रुपैयाँ बराबरको खरिदमा ग्राहकले एउटा उपहार कुपन प्राप्त गर्नेछन् ।

सोही कुपनका आधारमा गोला प्रथाद्वारा उपहार विजेता चयन गरिनेछ । असोज १० गते सुरु भएको कार्यक्रम कात्तिक २७ गतेसम्म चल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment