Comments Add Comment

गेष्ट हाउसमा युवतीको हत्या, सँगै बसेका पुरुष फरार

१२ असोज, काठमाडौं । काठमाडौंको भोटेबहालस्थित लुम्बिनी गेष्ट हाउसमा एक महिला मृत भेटिएकी छन् ।

Murderकाठमाडौं महानगरपालिका-२२ भोटेबहालस्थित गेष्ट हाउसमा दोलखा वावरे-९ घर भएकी राधिका थापाको हत्या गरेको अवस्थामा शव भेटिएको हो ।

उनी सोमबारदेखि एक पुरुषसँग गेष्ट हाउसमा बसेकी थिइन् । तर, उनीसँगै बसेका पुरुषको पहिचान खुलेको छैन ।

थापालाई उनले लगाएको सुरुवालले घाँटीमा कसेर हत्या गरेको अवस्थामा फेला पारिएको प्रहरीले जनाएको छ ।

उनीसँगै कोठामा बसेका पुरुष फरार भएका छन् । उनको खोजतलास भइरहेको र घटनाबारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment