Comments Add Comment

कृषि तथा जलस्रोत समितिको सभापतिमा बराल

Mohan_Prasad_Baral१२ असोज, काठमाडौं । संसदको कृषि तथा जलस्रोत समितिको सभापति नेपाली कांग्रेसका सांसद मोहनप्रसाद बराल बन्ने भएका छन् ।

सभापतिका लागि उनको उम्मेदवारी दर्ता भएको छ । उनको समर्थनमा माओवादीकी सीता नेपाल र समर्थकमा एमालेका काशीनाथ अधिकारी छन् ।

सभापति चयनका लागि १३ गते अपराहृन ५ बजे निर्वाचन हुनेछ ।

तत्कालीन सभापति गगन थापा मन्त्री बनेपछि नयाँ सभापति चयनका लागि निर्वाचन हुन लागेको हो ।

बराल सिन्धुली क्षेत्रनम्बर २ बाट प्रत्यक्ष निर्वाचित सांसद हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment