Comments Add Comment

चार चिकित्सक र एक पत्रकार सम्मानित

Health-Samman

१२ असोज, चितवन । चितवनमा रहेको स्वास्थ्य दर्पण मिडिया नेटर्वकले देशका बिभिन्न क्षेत्रमा रहेर उत्कृष्ट सेवा पुर्‍याएका ४ जना चिकित्सक र १ जना पत्रकारलाई ‘स्वास्थ्य दर्पण राष्ट्रिय हेल्थ सम्मान’बाट आज भरतपुरमा सम्मानित गरेको छ ।

मिडिया नेटवर्कले पोखराका पोफेसर डा. बुद्धिबहादुर थापा, नेपालमा मृगौला उपचारका क्षेत्रमा बिशिष्ट योगदान पुर्‍याएका प्रोफेसर डा ऋषिराम काफ्ले, पश्चिम नेपालका थारु जातिमा देखिने सिकसेल एनिमियाका बारेमा खोज र अनुसन्धान गरी बिषेश योगदान गर्ने डा. राजन पाण्डेलाई सम्मान गरेको हो ।

त्यस्तै कलेज अफ मेडिकल साइन्स भरतपुरमा रहेर मुटुरोगी बिरामीहरुको उपचारमा ठोस योगदान गर्दै आएका बरिष्ठ थोरासिक तथा भास्कुलर सर्जन डा. कौशल किशोर तिवारी र कणर्ाली अञ्चलको जुम्लामा बसेर पत्रकारीता पेशालाई अघि बढाउदै आएका पत्रकार एलपी देवकोटालाई नेटवर्कले सम्मान गरेको हो ।

स्वास्थ्य दर्पण मिडिया नेटवर्कका प्रवन्ध निर्देशक सन्दीपकुमार श्रेष्ठले स्वास्थ्य दर्पण टक सो प्रसारणको ५ औं बर्ष पुरा भएको सन्र्दभमा बिभिन्न क्षेत्रमा रहेर बिशेष योगदान दिएका ब्यक्तिहरुलाई सम्मान गरिएको वताए ।

सो अवसरमा स्वास्थ्य दर्पण नामक पुस्तकको पनि बिमोचन गरिएको थियो । प्रवन्ध निर्देशक श्रेष्ठले आगामी दिनमा पनि यसलाई निरन्तरता दिने बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment