Comments Add Comment

यी हुन् दुनियाका सबैभन्दा बस्नलायक ६ सहर

विश्वभर जिवनशैलीलाई नयाँपन दिन, ताजगी भर्न एवं भागदौडको व्यस्त जिन्दगीबाट मुुक्ति पाउनका लागि अनेक प्रयास भैरहेका छन् ।

कहीँ सहरहरुमा कफी सप नै बन्द गरिएका छन् भने कहीँ विज्ञापनका बोर्डहरु नै हटाइएका छन् र शान्त पारिएका छन् । यस्ता सहरहरुमा सरसफाइ अब्बल छ भने मानिसहरुको स्वास्थ्य पनि उस्तै राम्रो । त्यस्तै कतिपय सहरहरु प्रविधिसँगै अघि बढिरहेका छन् र उत्कृष्ट जिवनशैलीका लागि चिनिन्छन् । विश्वका बस्नलायक उत्कृष्ट ६ सहर यी हुन्ः

best-city-to-live-हेलसिन्की -फिनल्याण्डः फिनल्याण्डको राजधानी हेलसिन्कीमा सन् २०२५ सम्ममा मोबिलिटी अन डिमान्ड सुरु गर्ने लक्ष्य राखिएको छ । यसका लागि यस्तो स्मार्टफोन एप बनाइँदिैछ जसबाट मानिसहरु सस्तो तथा राम्रो यातायातको साधन खोज्न सकून् । जसमा कारपूल, ट्याक्सी, मोटरबाइक तथा फेरी समेत हुनेछन् । मानिसहरु एपबाटै सवारी साधन खोज्ने र एपबाटै रकम भुक्तान गर्न पाउनेछन् ।

oslo

ओस्लो, नर्वेः ओस्लोको नयाँ प्रशासनले सन् २०१९ सम्ममा सहरमा कार गुडाउन प्रतिबन्ध लगाउने योजना बनाएको छ । चरणबद्ध तरिकाले यसको सुरुवात भैसकेको छ । सन् २०२० सम्ममा सहरको आधाजसो प्रदुषण घटाउने योजना छ । सहरमा प्रदुषणको स्तर अहिल्यै सन् १९९० को स्थितिमा आइसकेको छ । त्यस्तै सन् २०५० सम्ममा धुवाँयुक्त जिवाश्म इन्धनमाथिको निर्भरताको अन्त्य गर्ने लक्ष्य पनि राखिएको छ ।

colembiya

बोगोटा, कोलम्बियाः  यो सहरमा धेरै यात्रीहरुलाई घरभवनसम्म एकसाथ पूराउनका लागि बस र्यापिड ट्रान्सपोर्ट नेटवर्क तयार गरिँदैछ । ता की सडकमा कारको संख्या नबढोस् । कारका लागि अलग र हाइस्पीड बसका लागि अलग लेन छ । बसमा यात्रा गर्दा शुल्क पनि निकै कम छ । सन् २००० यता सहरमा हप्ताको एक दिन कार फ्री डे मनाउने गरिएको छ ।

siyol

सिओल, दक्षिण कोरियाः प्रविधिमा दुनियाको सबैभन्दा अगाडि रहेको यो सहर ओपन डाटा तथा सबैभन्दा तिव्रगतिको इन्टरनेटका लागि पूरै विश्वमा चर्चित छ । सन् २०१७ सम्ममा बस तथा सबवे जस्ता सबै क्षेत्रमा हाइस्पीड फ्रि वाइफाइ उपलब्ध गराउने लक्ष्य राखिएको छ । त्यसका साथै अनलाइन आर्थिक कारोबार सहज बनाउन शेयरहब सेवा पनि सुरु गरिँदैन ।

italyमिलान, इटालीः प्रदुषणसँग जुधिरहेको यो सहरको प्रशासनले मानिसहरुलाई आकषिर्त गर्नका लागि नयाँ योजना बनाएको छ । जसअनुसार साइकल चलाएर अफिस जानेलाई सरकारले पुरस्कार दिनेछ ।

saopaulo brazilसाओपाओलो, ब्राजिलः  सन् २००६ मा साओ पाओलोले क्लिन सिटी कानून तयार गरी लागू गरेको थियो । सहरबजार तथा भवनहरुमा विज्ञापनका बोर्ड राख्न पूर्णतः बन्देज लगाइयो । यसलाई विज्ञापनमुक्त सहर पनि भनिन्छ । सहर पूर्णतः स्वच्छ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment