Comments Add Comment

एलिजाबेथको कट्टुदेखि ब्रिटनी स्पेयर्सको जुठोे चुइंगमसम्म, दुनियाका १० अनौठा लिलामी

यदि तपाइँलाई कसैले जूठो चुइंगम खरिद गर्न भन्यो तपाइँले त्यसो भन्ने मानिसलाई चड्कन बजाउनुहुन्छ होला ।

teethतर दुनियामा यस्ता मानिसहरु पनि छन् जसले लाखौँ रुपैयाँ खर्च गरेर जूठो चुइंगम जस्ता अनावश्यक चिज किन्दछन् । दुनियामा भएका यस्ता १० अनौठा लिलामी यसप्रकार छन्ः

१.चर्चित पप गायिका ब्रिटनी स्पेयर्सले चपाएको जुठो चुइंगम जब लिलामीमा राखियो तब यसमा बोली लगाउन मानिसहरु तछाडमछाड गरे । एक व्यक्तिले झण्डै १५ लाख रुपैयाँ बराबरको रकम खर्चेर ब्रिटनीको जुठो चुइंगम खरीद गरे । एक वेबसाइटमार्फत यसको लिलामी भएको थियो ।

२. हलिउड नायक ब्राड पिटको स्वास पनि बिक्रि भयो । उनको स्वास एउटा भाँडोमा जम्मा गरेर राखिएको थियो । एक व्यक्तिले उक्त गन्धयुक्त स्वास झण्डै ३५ हजार रुपैयाँ बराबरको मूल्यमा खरीद गरे ।

३. हलिउड नायक टम क्रुज र उनकी पत्नी केटी होम्सकी छोरीले पहिलोपटक गरेको दिसा समेत लिलामी भयो भन्दा तपाइँलाई पत्यार नलाग्न सक्छ । तर काँसमा सुरक्षित राखिएको ती बालिकाको दिसा पनि महंगोमा लिलाम भएको थियो ।

४. बेलायती रानी एलिजाबेथको बिहेमा अल्कोहलयुक्त फ्रुट केक खुवाइएको थियो । त्यसरी खुवाएर बँचेको एउटा सानो टुक्रा केकको पनि लिलाम भयो । लिलाम बढाबढबाट बिक्रि भएको उक्त केकको टुक्राको सुरुवाती बोली नै झण्डै २ लाख रुपैयाँ थियो ।

५.कुनै देशलाई नै लिलामीमा राखिन्छ भन्ने कुरा अनौठो लाग्नसक्छ । तर एकजना अस्ट्रेलियनले न्यूजिल्याण्डलाई नै अनलाइन सपिंग साइट इ बे मा बिक्रिमा राखे । न्यूजिल्याण्डको लिलामी झण्डै ३ लाख रुपैयाँबाट सुरु भएकेा थियो ।

६.GoldenPalace.com नामक वेबसाइटमार्फत १० वर्ष पूरानो स्याण्डविच झण्डै ३० लाख रुपैयाँमा बिक्रि भएको थियो । यो केकमा अद्भुत मानव आकृति थियो ।

७. चर्चित अमेरिकी नायिका स्कारलेट जोन्सनले आफ्नो सिँगान पुछेर फ्याँकेको टिस्यु पेपर साढे ५ लाख रुपैयाँमा बिक्रि भयो ।

८.अमेरिकी लेखक जेडी सेलिंगरको ट्वाइलेटको कमोट १० करोड २५ लाख रुपैयाँ बराबरको मूल्यमा लिलाम भयो । उक्त कमोट प्रयोग भैरहेको अर्थात सफाचट नपारिएको ओरिजिनल हालतमा थियो ।
९. गायक जोन लेननको दाँत एक जना डेन्टिस्टले ३० लाख रुपैयाँ मूल्यमा खरीद गरेका थिए ।

१०.बेलायती महारानी एलिजाबेथले लगाएको अण्डरवेयर समेत लिलामीमा बिक्रि भएको थियो । तर उक्त कट्टुको मूल्य कति पर्यो र कसले खरीद गर्यो भन्ने कुराचाहीँ खुलाइएन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment