Comments Add Comment

थ्रीस्टार बोर्डोलाई ट्रफीको फाइनलमा

१२ असोज, काठमाडौं । नेपालको थ्रीस्टार क्लब गुवाहटीमा जारी बोर्डोलाई ट्रफीको फाइनलमा प्रवेश गरेको छ । बुधबार भएको सेमिफाइनलमा सिक्किम युनाइटेडलाई ४-१ गोल अन्तरले हराउँदै थ्रीस्टार उपाधि नजिक पुथेको हो ।

जेएलएन स्टेडियममा भएको खेलमा थ्रीस्टारले ६६ औं मिनेटमा मार्टिनको गोलबाट अग्रता लिएको थियो । तर, ८९ औं मिनेटमा सिक्किमले बराबरी गोल फर्कायो ।

निर्धारित समयको खेल १-१ गोलको बराबरीमा सकिएपछि थप ३० मिनेटको अतिरिक्त खेल भयो । जसमा थ्रीस्टार हावी भयो । ९४ औं मिनेटमा मार्टिनले दोस्रो गोल गरे भने १०० औं मिनेटमा विजय धिमाल र १०५ औं मिनेटमा विजय गुरुङले गोल गर्दै जित दिलाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment