Comments Add Comment

मेलम्चीको सुरुङ निर्माण गर्ने म्याद छ महिना थपियो

१२ असोज, काठमाडौं । मेलम्चीको सुरुङ निर्माण गरिरहेको इटालियन कम्पनी सिएमसीको म्याद छ महिना थप गरिएको छ । सुरुङ निर्माणका लागि विसं २०७३ चैत १५ सम्मको म्याद थपिएको मेलम्ची आयोजनाले जनाएको छ ।

फाइल तस्वीर
फाइल तस्वीर

कम्पनीले विसं २०७३ असोज १४ सम्म सुरुङ निर्माण सक्नुपर्ने गरी सन् २०१३ जुलाई १५ मा सम्झौता भएको थियो । गत वर्षको भूकम्प र लगत्तैको भारतको अघोषित नाकाबन्दीले सुरुङ निर्माणको काममा अवरोध आएपछि आयोजनाकातर्फबाट छ महिना थप गरिएको मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक घनश्याम भट्टराईले जानकारी दिए ।

“ठेकेदार कम्पनीलाई अरु थप म्याद चाहिए उपयुक्त कारणसहित समितिमा निवेदन दिन भनिएको छ, निवेदन आएमा समीक्षा गरी आवश्यकताअनुसार निर्णय गरिनेछ, उनले भने ।

सिन्धुपाल्चोकको हेलम्बु गाविसदेखि काठमाडौँको सुन्दरीजलसम्म २७ किमी सुरुङमध्ये २० किमी निर्माण कार्य सम्पन्न भएको र सात किमी बाँकी रहेको उहाँले बताउनुभयो । डेढ महिनामा सुन्दरीजलबाट सिन्धु अडिटसम्मको १० किमी सुरुङ निर्माण सम्पन्न हुनेछ । यो अडिटको ७५० मिटर सुरुङ निर्माण मात्र बाँकी रहेको समितिले जनाएको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment