Comments Add Comment

मन्त्री बन्न गच्छदारको पार्टीमा चर्को विवाद

असन्तुष्ट नेता भन्छन्-सप्तमीसम्म पर्खन्छौं

Bijay-Gachhadar१३ असोज, काठमाडौं । सरकारमा जाने विषयमा विजय गच्छदारको पार्टी फोरम लोकतान्त्रिकमा गम्भीर विवाद उत्पन्न भएको छ ।

गच्छदार उपप्रधानमन्त्रीसहित सरकारमा जान खोजेका छन्  भने अन्य नेता उपप्रधानमन्त्री नपाए पनि पार्टी सरकारमा जानुपर्ने अडानमा छन् ।  गच्छदारले असन्तुष्ट नेतालाई केही दिन पर्खन आग्रह गरेका छन् ।

वर्तमान कांग्रेस माओवादी गठबन्धन फोरम लोकतान्त्रिकलाई दुईवटा मन्त्रालय दिन तयार छन् । उपप्रधानमन्त्री दिन भने प्रधानमन्त्री प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउव सकारात्मक छैनन् ।

केही दिनअघि बसेको यो पार्टीको केन्द्रीय समितिको बैठकपछि गरिएको पत्रकार सम्मेलनमा गच्छदारले उपप्रधानमन्त्रीसहित दुईवटा मन्त्रालय पाए पार्टी सरकारका जाने बताएका थिए ।

वरिष्ठ नेता रामेश्वर राय यादव र जितेन्द्र देव कुनै पनि अवस्थामा पार्टी सकारमा जानुपर्ने बताउँदै आएका छन् ।

सरकारमा जान ढिलो भएकामा राय यादव र देवले पाटिभित्रै गच्छादारविराधी खेमा तयार गरिरहेका छन् ।

उनीहरुले आगमी सप्तमीसम्म पर्खने र त्यसपछि पार्टी अध्यक्षसँग भेटेर गम्भीर कुरा गर्ने बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment