Comments Add Comment

सिड्नीमा मनोजले हसाँउने इन्दिराले तताउने

विद्यालय निमार्णका लागि दसैँ साँझ

sydnee_dashai shajअस्ट्रेलिया भ्रमणमा रहेका मनोज गजुरेल र ईन्दीरा जोशीले दसैंकाे पुर्ब संन्ध्यामा सिड्नीबासीलाई हसाउने र तताउने भएका छन् ।

यही आउँदाे आइतबार सिड्नीमा दसैँ साँझ मार्फ़त गजुरेल र जाेसीले आफ्नाे कलाकारीता प्रस्तुत गर्ने भएका छन् ।

प्रवासमा रहेका नेपालीको पहिलो पुस्ताको रंगमा रंगिएको र झागिंएको नेपाली कलाजगतले अबको दश बर्षमा भने नया मोडको र नौलो खोजको तयारीमा रहनुपर्ने मनोजले सुनाए ।

नेपालवाट बिदेशीएका पहिलो पुस्ताको लागि हाम्रो खुराक प्रयाप्त होला तर यहा जन्मेका र हुर्केका लागि भने केही नया र नौलो पस्कन सकेन भने पलायनको वाटो लाग्ने पक्का भएको उनले बताए । मनोजले मुल्य र मान्यता भित्र रही अगाडि बढ्ने योजनाले तत्कालै राहत नभएपनि कलान्तरमा भने भरपुर आत्मसन्तुष्टी पाइने बताए ।

ब्रिज द ग्याप नामक संस्थाको आयोजना र नेपालको शिक्षामा सहयोगको पाटो बोकेको यो कार्यक्रम पनि एउटा असल कारणका लागि भएको मनोजको तर्क थियो । हास्ने र हसाउने बिषयमा भने उनले यस पटक प्रधानमन्त्रीको भारत भ्रमणसँग जोडिएका हास्यरसका पोको फुकाउने तयारीमा रहेको बताए । मनोजको हास्यब्यंगमा मुलुकको राजनितीसँग जोडिएका आत्मपरक र केहि फरक ब्यंगबाण सम्मीलित हुने छन ।

लमजुङको शारदा माध्यामिक बिद्यालयको पुननिमार्णका लागि सिड्नीमा रहेको ब्रिज द ग्याप नामक संस्थाले यो दशै साझ नाम राखेर च्यारीटी कार्यक्रमको आयोजना गर्न लागेको हो । मनोजसँगै चर्चित गायिका इन्दिरा जोशीको पनि आकर्षक गित संगित कार्यक्रमको अर्को पाटोको रुपमा रहने छ ।

नेपाली साकीरा नामले चिनिने चर्चित गायिका इन्दिराले यस पटक केही राम्रो कार्यको लागि स्टेजमा उत्रन लागेको हुँदा केही फरक प्रस्तुती हुने बताइन ।

कलाकारलाई राज्यले गहना भन्दै गर्दा उपयुक्त वाताबरण र आवश्यक सहयोग गर्नु पर्ने बेला आएको बताउदै इन्दिराले भनिन , हामीले पनि सडक र आन्दोलन हैन ,माया र ममता खोज्ने अभियानको थालनी गर्न सक्नुपर्छ ।

कार्यक्रममा ग्याप दी नेपालका सल्लाहकार कृष्ण कुमार श्रेष्ठले यो संस्था फरक र अलग पहिचानवाट अगाडि बढेको बताए । श्रेष्ठले मुलुकको शिक्षा क्षेत्रमा रही आएको खाल्डो पुरा गर्ने हाम्रो अभियान हो यो । कार्यक्रममा ग्याप दी नेपालका अध्यक्ष शिव श्रेष्ठले सन २०१७ को मार्च महिना भित्र स्कुल पुननिमार्ण गरी हस्तान्तरण गरिने योजना रहेको बताए ।

भूकम्पले पूर्ण क्षती भएको सो स्कुलका लागि करिब ४५ हजार अस्ट्रेलियन डलर खर्च हुने अनुमान गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment