Comments Add Comment

कतार ट्रान्जिट हुने यात्रुलाई चार दिने फ्री भिसा

hia-airport१३ असोज, काठमाडौं ।  के तपाइँ कतार हुँदै बिश्वका अन्य मुलुक जाँदै हुनुहुन्छ वा नेपाल आउँदै हुनुहुन्छ ?

त्यसो हो भने तपाइँलाई कतारको लामो ट्रान्जिट उपयोग गर्न र केही घण्टाको समय निकालेर कतारको वैभव हेर्न अब भिसा लिइरहनु नपर्ने भएको छ ।

कतार सरकारले दोहा हुँदै यात्रा गर्ने पाँच घण्टाभन्दा बढी समय ट्रन्जिट परेका यात्रुहरुलाई चार दिनको फ्री भिसा दिने भएको छ ।

हमाद अन्तराष्ट्रिय विमानस्थलमा ट्रान्जिट परेका यात्रुले आफ्नो आगामि यात्रको प्रमाण पेश गरेपछि अध्यागमले एयरपोर्टमै भिसा प्रदान गर्ने जनाइएको छ ।

यस अन्र्तगत सबै राष्ट्रका नागरिकलाई प्रदान गरिने कतारले जनाएको छ । कतारको गृह मन्त्रालय, पर्यटन मन्त्रालय र कतार एयरवेजले सेप्टेम्बर २७ को विश्व पर्यटन दिवसको अवसरमा संयुक्तरुपमा यस्तो घोषणा गरेका हुन् ।

कतार एयरवेजका सिइओ अकबर अल बेकरले एयरलायन्सले दोहाको बुकिङको मूल्यसमेत घटाउनेबारे सोचिरहेका जनाएका छन् ।

नयाँ नियमअनुसार अव चार दिनभन्दा बढि समय बस्नुपर्ने यात्रुले मात्र भिसा आवेदन दिनुपर्ने छ । यसअघि ८ घण्टाभन्दा धेरै ट्रान्जिट हुनेले मात्र ट्रान्जिट भिसा पाउने गरेका थिए । नयाँ नियमअनुसार अब त्यसलाई घटाएर ५ घण्टाभन्दा धेरै बस्नेलाई पनि स्वतः भिसा दिइने भएको छ ।

कतारले आफ्नो देशमा पर्यटक आउने प्रेरित गर्ने र ट्रान्जिट प्यासेन्जरको खर्च र समय बढाउने उदेश्यले नयाँ नियम ल्याएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment